चीनमा भएको अल्ट्रा म्याराथनमा नेपालकी सुनमाया प्रथम

चीनमा भएको अल्ट्रा म्याराथनमा नेपालकी सुनमाया प्रथम

 

जुम्ला : चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा नेपालकी सुनमाया बुढा प्रथम भएकी छन् । विभिन्न राष्ट्रका दुई सय ९३ जना धावकको सहभागिता रहेको उक्त म्याराथनमा उनी महिला समूहतर्फ पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् । अल्ट्रा म्याराथन नेपाली समयअनुसार शुक्रबार बिहान सुरु भएको थियो ।

म्याराथन वेनझी गुवाङ चाङ स्क्वायरबाट सुरु भई हेसुन ऐन्सेट टाउनमा पुगेर सकिएको थियो । प्रतियोगितामा निर्धारित दूरी सात घन्टा दुई मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोस्रो र सात घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेस्रो भए । सुनमाया जुम्लाको पातारासी गाउँपालिका पेरेकी हुन् । उनले कर्णाली स्पोर्टस् क्लबमा आबद्ध भई प्रशिक्षण लिँदै आएकी छन् । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार चीनमा प्रथम भएकी सुनमाया सम्भावना बोकेकी खेलाडी हुन् ।

‘जुम्लामा भनेजस्तो खेलाडीलाई नियमित अम्यास गर्ने ठाउँको अभाव छ, वातावरण पनि सहज छैन । थुप्रै समस्याका बीच यहाँका खेलाडीले विभिन्न देशमा गएर आफ्नो जन्मस्थानको नाम चिनाउँदै आएका छन्’, शाहीले भने, ‘उनले चीनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण हात पारिन् । क्लबको सिफारिसमा नेपालको प्रतिनिधित्व गर्दै सुनमायाले करिब आधा दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाई थुप्रै पदक पनि जितिसकेकी छन् ।’ म्याराथन धावक हरिबहादुर रोकायाले पनि जिल्लामा नियमित रूपमा म्याराथन खेलाडीलाई अभ्यास गराउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.