तिलोत्तमा गोल्डकप : फ्रेन्डस् क्वार्टरफाइनलमा

तिलोत्तमा गोल्डकप : फ्रेन्डस् क्वार्टरफाइनलमा

 

बुटवल : फ्रेन्डस् क्लब बुटवलमा जारी २०औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा कास्की-११ लाई १-० को झिनो अन्तरले पराजित गर्दै फ्रेन्ड्स प्रतियोगिताको अन्तिम आठमा पुगेको हो ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा विदेशी खेलाडी जोनल ग्लोरीले खेलको २८औं मिनेटमा गरेको गोल नै फ्रेन्ड्सलाई क्वार्टरफाइनल पुग्न निर्णायक बन्यो । सुनिल श्रेष्ठले मिलाइदिएको पासमा ग्लोरीले टोलीका लागि महत्वपूर्ण गोल गरेका थिए । यद्यपि फ्रेन्ड्सले खेलमा प्राप्त आधा दर्जन राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा जितको अन्तर भने बढाउन सकेन ।

कास्कीका गोल रक्षक दीप कार्कीले उत्कृष्ट प्रदर्शन गर्दै फ्रेन्ड्सको आक्रमणलाई असफल तुल्याएका थिए । खेलको ३९औं मिनेटमा ग्लोरीको सशक्त प्रहार क्रस बारमा लागेर फर्किएको थियो । कास्कीले पनि खेलमा केही राम्रा अवसर खेर फालेको थियो । खेलको ५२औं मिनेटमा कास्कीका त्रिदेव गुरुङको प्रहार पनि साइड बारमा लागेर फर्किएको थियो । टोलीका लागि उत्कृष्ट प्रदर्शन गरेका फ्रेन्ड्सका वसन्त गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिताअन्तर्गत शनिबार रूपन्देही-११ र नवलपरासी-११ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले सात लाख ७७ हजार प्राप्त गर्नेछ भने उपविजेता टोलीले चार लाख ४४ हजार पाउनेछ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.