कसरी चल्छ प्रदेश सरकार ? कहाँबाट जुट्छ स्रोत ?

कसरी चल्छ प्रदेश सरकार ? कहाँबाट जुट्छ स्रोत ?

काठमाडौं: प्रदेश सरकारले कसरी जुटाउलान् आर्थिक श्रोत ? सातै प्रदेशमा सरकारले काम थालेपछि अहिले आर्थिक मुद्दा प्रमुख भएर आएको छ। प्रदेशका मुख्मन्त्रीदेखि मन्त्रीहरुका कार्यकक्षमा विकास योजना माग्नेको लाइन लागेको छ ।

जनताबाट उच्च अपेक्षा भएपछि प्रदेश सरकार अहिले दबाबमा छन् । प्रदेश सरकारले काम थालेसँगै बजेट निर्माणलाई पनि अघि बढाएकाले जनताको अपेक्षा कसरी सम्बोधन गर्लान् ? त्यो प्रतिक्षाको विषय भएको छ ।

केन्द्रकै भर

प्रदेशले कसरी गर्लान् त पैसाको जोहो ? स्थानीय स्रोत र साधनको पहिचान तथा राजस्व समेत परिचालन हुन नसकेको अवस्थामा सुरुवातमा केन्द्र सरकारको भर पर्नुबाहेक प्रदेश सरकारसँग अर्को विकल्प छैन ।

अर्थमन्त्रालयले अनुदानस्वरुप समानुपातिक ढंगबाट उपलब्ध गराएको रकमबाट नै तत्काल खर्च चलाउनुपर्ने बाध्यतमा छन् सबै प्रदेश सरकार ।

खाता समेत छैन

जिल्ला, क्षेत्रीय कार्यालयहरु अहिले पनि केन्द्र सरकारकै मातहतमा रहेका कारण प्रदेशमा अन्यौलता छ । प्रदेश सरकारको आफ्नो बैंक खाता समेत छैन । अहिले प्रदेश सरकार संक्रमणकालिन अवस्थामा छन् ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको मातहतमा कुन कुन कार्यालय रहने भन्ने विषय समेत निक्र्योल भएको छैन । प्रदेशमा प्रशस्त आर्थिक स्रोत छन्। जल, जंगल, जमिन, जलस्रोत र जडिबुटी जस्ता प्राकृतिक स्रोत प्रशस्त छन् ।

प्रदेश नम्बर ६ का आर्थिक मामिला तथा योजना (अर्थ) मन्त्री प्रकाश ज्वाला आन्तरिक कार्यविधि ऐन पास नभएकाले खाता नभएको बताउँछन् । ‘प्रदेशको नाममा खाता समेत खोलिएको छैन', मन्त्री ज्वाला भन्छन् ।

प्रदेश सभाबाट आन्तरिक कार्यविधि ऐन पारित भएपछि मात्रै प्रदेश सरकारको खाता खोल्ने बाटो खुल्छ । कार्यविधि ऐन जारी भएपछि सञ्चित कोष पनि खडा हुन्छ ।

स्रोतको पहिचान गरिँदै

मन्त्री ज्वालाका अनुसार केन्द्र सरकारबाट उपलब्ध एक अर्ब दुई करोड रुपैयाँबाटै सुरुवातमा प्रदेशको आर्थिक काम अघि बढाइने छ । ‘प्रदेश सरकार अहिले ट्रान्सजिसनल पिरियडमा छ’, उनी भन्छन्, 'अहिलेको लागि केन्द्र नै मुख्य स्रोत हो ।’ स्रोतको पहिचान गर्ने अवस्था समेत नआइसकेको उनको भनाई छ ।

प्रदेशको क्षेत्राधिकार निर्धारण नहुँदासमेत समस्या भइरहेको मन्त्री ज्वाला बताउँछन् । उनले प्रदेशबाट उठ्ने कर र राजस्वदेखि प्राकृतिक स्रोत साधनलाई आर्थिक स्रोत बनाउन सकिने बताए । चैत्र मध्यसम्म प्रारम्भिक विनोजन विधेयक ल्याउने तयारी भइरहेको उनी बताउँछन् ।

केन्द्रको भर पर्नु पर्दैन

उता प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्र आङ्बोले केन्द्रीय बजेटबिना नै प्राकृतिक स्रोत सधानको समुचित प्रयोग गर्न सके प्रदेशलाई आत्मनिर्भर बनाउन सकिने बताउँछन् ।

जलस्रोत, वनजंगल, जडिवुटी, पर्यटन र जमिनको उचित व्यवस्थापन गर्न सके प्रदेश सरकार चलाउन ठूलो समस्या नआउने उनको बुझाई छ ।

राजस्व र भन्सार चुहावट नियन्त्रण पनि राम्रो आयस्रोत बन्न सक्ने उनको ठम्याई छ। अर्थमन्त्री आङ्बो पैसाका कारण प्रदेश सरकार चलाउन समस्या नहुने दाबी गर्छन् । उनले पैसाका कारण प्रदेशमा समस्या आउने कुरा संघीयता विरोधीको प्रोपोगण्डा मात्र भएको बताए ।

‘व्ययभारले प्रदेश टिक्दैन भन्नेहरु संघीयता विरोधी हुन्, जो प्रदेशलाई पुन सिंहदबार फर्काउन चाहन्छन्', उनी थप्छन्, 'त्यो उनीहरुको हल्ला मात्रै हो ।’

प्रदेश नम्बर १ आर्थिक मामला तथा योजना(अर्थ) मन्त्री आङ्बोले प्राकृतिक स्रोत साधनको सही सदुपयोग गर्ने सके सबै प्रदेशलाई आत्मनिर्भर बनाउन कुनै समस्या नहुने जिकिर गरे ।

अर्थमन्त्री आङ्बोले प्रदेशको सञ्चित कोष निर्माण गर्ने तयारी भइरहेको पनि जानकारी दिए । सरकारले प्रदेशलाई आत्मानिर्भर बनाएर राष्ट्रिय अर्थतन्त्रका योगदान दिन तयार रहेको पनि उनले दाबी गरे ।

‘प्रदेश एकमा ठूला ठूला औद्योगिक प्रतिष्ठान प्रशस्त छन्', उनी भन्छन्, 'त्यहाँबाट उठ्ने कर र राजस्वले प्रदेशलाई मात्र राष्ट्रिय अर्थतन्त्र धान्न सक्छ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.