नेपाललाई ठूलो झड्का, कप्तान पारस खड्का आउट

नेपाललाई ठूलो झड्का, कप्तान पारस खड्का आउट

काठमाडौं : नामिबियामा जारी आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ।१० चौका र १ छक्काको मद्दतमा ७५ रन बनाएर पारस खड्का आउट भएका हुन् ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले ९८ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल र पारस खड्का केही ओभरकै फरकमा आउट भएपछि अहिले ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र रोहित कुमार आएका छन् ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले तीन विकेटको क्षतिमा अहिले ३१ ओभर खेल्दा ११६ रन बनाएको छ । नेपालका ओपनर ब्याट्सम्यान अनिल शाह ७ रन बनाएर आउट भएका थिए । शाहलाई मुजिव रहमानले आउट गरेका हुन् । ज्ञानेन्द्र मल्ल २५ औँ ओभरको अन्तिम बलमा आउट भएका हुन् । मल्ल ६९ बलमा २३ रन बनाएर आउट भए । उनललाई रसिद खानले आउट गरेका हुन् ।

अघिल्ला दुई खेलमा लगातार पराजय बेहोरेको नेपाली टोलीलाई सुपर सिक्सको सम्भावना जीवित राख्न यो खेलमा जित अत्यावश्यक छ । भने तीन खेलमा हार व्यहोरिसकेको अफगानिस्तानका लागि पनि सुपर सिक्स पुग्ने झिनो आशा कामय राख्न आजको खेल जित्नै पर्ने देखिन्छ ।

अहिले ब्याटिङमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् । दीपेन्द्रले ३० बलमा तीन चौकाको मद्दतमा २० रन बनाएका छन् । ३४ ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १३३ रन बनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.