अफगानिस्तानलाई नेपालले दियो १९५ रनको चुनौती

अफगानिस्तानलाई नेपालले दियो १९५ रनको चुनौती

काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा नेपालले अफगानिस्तानलाई १९५ रनको चुनौती दिएको छ ।

जिम्बाब्वेमा भइरहेको खेलमा कप्तान पारस खड्काको सर्वाधिक ७५ रनको सहयोगमा नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १९४ रन बनाएपछि अफगानिस्तान मध्यम चुनौती पाएको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ तथा ज्ञानेन्द्र मल्लले समान २३/२३ रन बनाउन सफल भए । नेपालका अन्य ब्याटसम्यान राम्ररी चल्न सकेनन् ।

ओपनर अनिल शाह केबल ७ रनमा आउट भएछि तेस्रो क्रममा आएका पारसले ८२ बलको सामना गर्दै १० चौका र १ छक्काको मद्धतमा नेपालको पारी उकास्न मूख्य भूमिका खेले ।
तेस्रो विकेटका लागि पारस र ज्ञानेन्द्र मल्लले ९८ रनको साझेदारी गरे । ज्ञानेन्द्र ६९ बलको सामना गर्दै २३ रनमा आउट हुँदा नेपालको स्कोर १०५ भएको थियो ।
त्यसैगरी नेपालका लागि दीपेन्द्रले ४१ बलमा ३२ रन बनाउने क्रममा ३ चौका र १ छक्का हाने । अरिफ शेखले ३६ बलमा २३ रन बनाउन सफल भए ।
नेपालका लागि आरके पौडेल, अनिलकुमार शाह, सोमपाल कामी, करण केसीले दोहोरो स्कोर गर्न सकेनन् । त्यसैगरी सोमपाल कामी शून्यमै आउट भए । नटआउट रहेका बसन्त रेग्मीले ९ रन जोडे ।
यसअघिका दुई खेल गुमाएर जित्नैपर्ने दबाबमा रहेका नेपाललाई मध्यम योगफलमा समेट्ने क्रममा अफगानिस्तानका मोहम्मद नाबीले १० ओभर बलिङ गर्दै ३३ रन खर्चिएर ४ विकेट लिए । त्यसैगरी ९.५ ओभर बलिङ गरेका रसिद खानले ४५ रन खर्चिएर ३ विकेट लिन सफल भए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.