राधामाथिको ज्यादति प्रकरण संसद्‍मा, दोषीलाई दण्डित गर्न माग

राधामाथिको ज्यादति प्रकरण संसद्‍मा, दोषीलाई दण्डित गर्न माग

धनगढी: शनिवार बसेको प्रदेश सभा बैठकमा राधा चौधरी बोक्सीको आरोपमा भएको कुटपिट घटनाका लागि संसदीय छानबिन समिति गठनको माग गरिएको छ ।

प्रदेश सभाको बैठकमा विशेष समय मागगर्दै राजपाको तर्फबाट प्रदेश सभा सदस्य मालामती रानाले राधा चौधरीमाथि भएको कुटपिट र अमर्यादित कार्यको छानबिनका लागि संसदीय समिति गठनको माग गरिन् ।

‘राधा चौधरीलाई भोलेबाबा भनिने रामबहादुरले मात्रै कुटपिट गरेको होइन, त्यसमा पुरै गाउँ रमिते बनेको छ, त्यसैले उक्त घटना छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग गर्दछु’ संसद्को विशेष समयमा बोल्दै मालामतीले भनिन् । ‘यो अपराधको पराकाष्ठा हो, संलग्न सबैलाई कारबाही हुनुपर्छ’, उनले जोड दिइन् ।

उनले उजुरी दर्ता नगर्ने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी अधिकृत र भोलेबाबा भनिने रामबहादुरलाई रहोबरमा प्रहरीबाट छुटाउने जनप्रतिनिधिहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन संसद् समक्ष माग गरिन ।

राधामाथि कुटपिट भएपछि इलाका प्रहरी कार्यालय सुखडमा गएका पीडितका आफन्तको उजुरी प्रहरीले दर्ता गर्न मानेको थिएन भने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी र वडाअध्यक्षले कुटपिटमा संलग्न भोलेबाबा भनिने रामबहादुर चौधरीलाई संरक्षण गरेका थिए ।

शुक्रवार रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रहरी अधिकृतलाई स्पष्टीकरण सोधि सकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए ।

राधामाथि बोक्सीको आरोपमा हिंसा गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरी पक्राउ परेपनि, राधालाई काम छ भन्दै बोलाएर भोलेबावाको घर लगेर कुटपिटमा संलग्न उनकी सहयोगी पार्वती भनिने अस्मिता चौधरीलाई भने प्रहरीले पक्राउ गरेको छैन ।

प्रदेश सभा संसद्मा विशेष समय मागगर्दै डोटीबाट प्रदेश सभा सदस्य पूर्णा जोशीले यो महिलामाथि भएको हिंसाको पराकाष्टा भएकाले संलग्न अरूलाई पनि तुरुन्त पक्राउ गर्न माग गरिन ।

‘२१ औँ शताब्दीमा पनि यस्तो अन्धविश्वास, अनि रमिते बनेका गाउँका मानिसहरूलाई पनि कानुनी कठघरामा उभ्याउन माग गर्दछु’ विशेष समयमा बोल्दै जोशीले भनिन् ।

स्थानीय प्रहरी र जनप्रतिनिधिको दबाबमा घटना मिलाउन खोजिए पनि मानवअधिकारकर्मीको रहोबरमा राधालाई शुक्रवार सेती अञ्चल अस्पताल भर्ना गरिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको उपचारमा संलग्न डाक्टर सुरेन्द्र बस्नेतले बताए ।

तर महिला हिंसाविरुद्ध कानुन हुँदाहुँदै पनि अझै उनीहरू माथि हिंसा रोकिएको छैन । महिलाहरूको उत्सवकै दिन यत्ति ठुलो जघन्य अपराध गर्नेलाई कुनै पनि हालतमा छोड्न नहुने संसद्मा माग गरिएको बझाङबाट प्रदेश सभा सदस्य दबेकी मल्लले बताइन् ।

तीनजना महिला सांसदले राधा चौधरीको घटनामा संसद्को विषश समय लिएर कारबाहीको माग गरे पनि एक जना पनि पुरुषले भने त्यो जघन्य अपराधको विषयमा बोलेनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.