हारमा नेपालको ह्याट्रिक, अफगानिस्तानसँग ६ विकेटले पराजित

हारमा नेपालको ह्याट्रिक, अफगानिस्तानसँग ६ विकेटले पराजित

काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत शनिबार भएको प्रतिस्पर्धामा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रेका नेपालले दिएको १९५ रनको चुनौती अफगानिस्तानले ३८.४ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो । नेपालले योसँगै हारमा ह्याट्रिक गरेको छ । यसअघि नेपाल पहिलो खेलमा जिम्बाब्वे र स्कटल्यान्डसँग पराजित भइसकेको छ ।

अफगानिस्तानलाई जिताउन नटआउट रहेका नजिबुल्लाह जदरानले सर्वाधिक ५२ रन बनाए। त्यसपछि रहमत साहले ४६ रनको योगदान दिए ।

जिम्बाब्वेमा भएको खेलमा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ तथा सोमपाल कामी र सन्दीप लामिछानेले १÷१ विकेट लिन सफल भए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ७५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३२ तथा ज्ञानेन्द्र मल्लले समान २३÷२३ रन बनाउन सफल भए । नेपालका अन्य ब्याटसम्यान राम्ररी चल्न सकेनन् ।

ओपनर अनिल शाह केबल ७ रनमा आउट भएछि तेस्रो क्रममा आएका पारसले ८२ बलको सामना गर्दै १० चौका र १ छक्काको मद्धतमा नेपालको पारी उकास्न मूख्य भूमिका खेले ।

तेस्रो विकेटका लागि पारस र ज्ञानेन्द्र मल्लले ९८ रनको साझेदारी गरे । ज्ञानेन्द्र ६९ बलको सामना गर्दै २३ रनमा आउट हुँदा नेपालको स्कोर १०५ भएको थियो ।

त्यसैगरी नेपालका लागि दीपेन्द्रले ४१ बलमा ३२ रन बनाउने क्रममा ३ चौका र १ छक्का हाने । अरिफ शेखले ३६ बलमा २३ रन बनाउन सफल भए ।

नेपालका लागि आरके पौडेल, अनिलकुमार शाह, सोमपाल कामी, करण केसीले दोहोरो स्कोर गर्न सकेनन् । त्यसैगरी सोमपाल कामी शून्यमै आउट भए । नटआउट रहेका बसन्त रेग्मीले ९ रन जोडे ।

यसअघिका दुई खेल गुमाएर जित्नैपर्ने दबाबमा रहेका नेपाललाई मध्यम योगफलमा समेट्ने क्रममा अफगानिस्तानका मोहम्मद नाबीले १० ओभर बलिङ गर्दै ३३ रन खर्चिएर ४ विकेट लिए । त्यसैगरी ९.५ ओभर बलिङ गरेका रसिद खानले ४५ रन खर्चिएर ३ विकेट लिन सफल भए ।

अब नेपालको सुपर सिक्स सम्भावना कति ?

लगातार तेस्रो पराजय बेहोरेपछि एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाली टोलीको सुपर सिक्स चरणमा प्रवेशको सम्भावना कठिन देखिएको छ । यससँगै नेपाली टोलीको विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता प्राप्त गर्ने उद्देश्यमा पनि ठूलो धक्का लागेको छ ।

अब नेपाली टोलीसामु सुपर सिक्स चरणमा प्रवेश गर्दै विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता पाउने सम्भावना जीवितै राख्ने झिनो सम्भावना छ, त्यसका लागि नेपाललाई समूहगत चरणमा बाँकी रहेको हङकङविरुद्धको आफ्नो अन्तिम खेलमा जित हात पारेर मात्रै पुग्नेछैन, रन रेट पनि निकै राम्रो हुनुपर्नेछ । शनिबारको खेलपछि समूह ‘बी’बाट स्कटल्यान्डसँगै आयोजक जिम्बावेले सुपर सिक्स चरणमा आफ्नो यात्रा पक्का गरिसकेको छ । तेस्रो टोलीको रूपमा समूह ‘बी’बाट सुपर सिक्स चरणमा पुग्ने सम्भावना अफगानिस्तान, हङकङ र नेपाल तीनै टोलीको रहेको छ ।

तर, हङकङ र अफगानिस्तानको दुई÷दुई अंक हुँदा नेपाल अंकविहीन छ । समूहगत चरणमा अफगानिस्तानले सबै खेल खेलिसक्दा नेपाल र हङकङको अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गर्दैछ । यही प्रतिस्पर्धामा हङकङलाई ठूलो अन्तरले पराजित गरेको अवस्थामा नेपालसामु सुपर सिक्स चरणमा पुग्ने झिनो सम्भावना रहेको छ, जसले कम्तीमा नेपाललाई आगामी चार वर्षसम्मका लागि एकदिवसीय टोलीको मान्यता पक्का दिलाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.