विश्वकप छनोट : कठिन बन्दै नेपालको सम्भावना

विश्वकप छनोट : कठिन बन्दै नेपालको सम्भावना

काठमाडौं : लगातार तेस्रो पराजय बेहोरेपछि एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपाली टोलीको सुपर सिक्स चरणमा प्रवेशको सम्भावना कठिन बनेको छ। शनिबार अफगानिस्तानसँग पराजित भएसँगै विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता पाउने लक्ष्यमा पनि ठूलो धक्का लागेको छ। नेपाल शनिबार भएको खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित हुन पुग्यो।

अब नेपाली टोलीसामु सुपर सिक्स चरणमा प्रवेश गर्दै विश्वकप छनोट र एकदिवसीय टोलीको मान्यता पाउने सम्भावना जीवितै राख्ने झिनो सम्भावना छ, त्यसका लागि नेपाललाई समूहगत चरणमा बाँकी रहेको हङकङविरुद्धको आफ्नो अन्तिम खेलमा जित हात पारेर मात्रै पुग्नेछैन, रन रेट पनि निकै राम्रो हुनुपर्नेछ। शनिबारको खेलपछि समूह ‘बी’बाट स्कटल्यान्डसँगै आयोजक जिम्बावेले सुपर सिक्स चरणमा आफ्नो यात्रा पक्का गरिसकेको छ। तेस्रो टोलीको रूपमा समूह ‘बी’बाट सुपर सिक्स चरणमा पुग्ने सम्भावना अफगानिस्तान, हङकङ र नेपाल तीनै टोलीको रहेको छ।

तर, हङकङ र अफगानिस्तानको दुई÷दुई अंक हुँदा नेपाल अंकविहीन छ। समूहगत चरणमा अफगानिस्तानले सबै खेल खेलिसक्दा नेपाल र हङकङले अन्तिम चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्। यही प्रतिस्पर्धामा हङकङलाई ठूलो अन्तरले पराजित गरेको अवस्थामा नेपालसामु सुपर सिक्स चरणमा पुग्ने झिनो सम्भावना रहेको छ, जसले कम्तीमा नेपाललाई आगामी चार वर्ष सम्मका लागि एकदिवसीय टोलीको मान्यता पक्का दिलाउनेछ।

जिम्बावेको बुलाबायोस्थित मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको अन्तिम एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै एक सय ९४ रनको योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा आएको अफगानिस्तानले ३८.४ ओभरमा मात्र चार विकेट गुमाउँदै एक सय ९५ रन बनाएर जित पक्का गरेको थियो।

नेपालको पराजयमा अफगानिस्तानविरुद्धको खेलमा समेत ब्याटिङ प्रदर्शन कमजोर देखियो। कप्तान पारस खड्काले ७५ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले महत्वपूर्ण योगदान गर्न सकेनन्। कप्तान पारसले ८२ बलमा एक छक्का र १० चौका प्रहार गरेका थिए। उनीबाहेक दीपेन्द्रसिंह ऐरीले ३२ रन जोड्दा सुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र आरिफ सेखले २३÷२३ रन जोडेका थिए।

दिलीप नाथको स्थानमा अवसर पाएका सुरुआती ब्याट्सम्यान अनिलकुमार साह सात रनमै आउट हँुदा रोहितकुमार पौडेल एक रन, सोमपाल कामी नौ र करण केसी ६ रनमा आउट हुँदा वसन्त रेग्मी नौ रनमा अविजित रहे। सन्दीप लामिछाने र ललितनारायण राजवंशीले खाता खोल्न सकेनन्। अफगानिस्तानका मोहम्मद नाभी एक्लैले चार तथा कप्तान रसिद खानले तीन विकेट लिएपछि नेपाल सस्तो योगफलमै समेटिन पुगेको थियो।

अफगानिस्तानलाई विजयी बनाउन ब्याटिङतर्फ नजिबुल्लाह जद्रानले अविजित ५२ रनको योगदान गरे भने रहमत शाहले ४६ रन, मोहम्मद नाबीले ३४, जाभेद अहमादीले २६ तथा रसिद खानले २१ रनको योगदान दिए। नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने र करण केसीले एकएक विकेट हात पारे। टोलीको जितमा बल र ब्याटबाट उत्कृष्ट प्रदर्शन गरेका अफगानिस्तानका नाबी म्यान अफ दी म्याच चुनिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.