मनाङलाई पन्छाउँदै आर्मी फाइनलमा

मनाङलाई पन्छाउँदै आर्मी फाइनलमा

 

बिर्तामोड : विभागीय टोली त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। डोमालाल रंगशालामा जारी प्रतियोगितामा शनिबार आर्मीले चर्चित प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई १-० गोलले हरायो। उपाधिका लागि आर्मीले घरेलु टोली झापा-११ को सामना गर्नेछ।

आर्मीको जितमा नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठ नायक बने। श्रेष्ठले खेल सुरु भएको दोस्रो मिनेटमा गरेको गोलको मद्दतले आर्मीको फाइनल यात्रा सम्भव बनेको थियो। श्रेष्ठले पोस्टको दायाँ बार च्याप्दै गरेको बलले जाली चुमेको थियो। आर्मीसँगको हारसँगै साविक विजेत मनाङ घर फर्कन बाध्य बन्यो।

४५औं मिनेटमा मनाङका सबै खेलाडी बिट भइसकेको अवस्थामा आर्मीका टंक बस्नेतले गोल गर्न सकेनन्। मनाङका खेलाडीले अफसाइड अपिल गर्दै छोडेको बललाई रेफ्री श्याम दनुवारले सिट्ठी नबजाएपछि पनि उनले गोल गर्न सकेनन्। गोलकिपर दिनेश थापामगरलाई क्रस गरेर गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो।

तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको मनाङका लागि खेलको १० मिनेटमा भिक्टोरले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो। अञ्जन विष्टको फ्री किकमा भिक्टोरले गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो। २४औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रस पासमा विमल रानाले डी बक्समा पाएको बललाई फितलो प्रहार गरेका थिए। ५९औं मिनेटमा विशाल राईको क्रस पासमा अञ्जन विष्टले गरेको हेड आर्मीका गोलरक्षक बिकेश कुथुले पन्च गरेर बाहिर फ्याँकिदिएका थिए। खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मीका गोलरक्षक बिकेश कुथु घोषित भए। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए। प्रतियोगिताको विजेताले १२ लाख ५१ हजार र उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.