बुद्ध क्लासिकको उपाधि सुमितलाई

बुद्ध क्लासिकको उपाधि सुमितलाई

भैरहवा : प्रथम बुद्ध क्लासिक लुम्बिनी अञ्चल स्तरीय बडीबिल्डिङ तथा मेन्स फिजिक प्रतियोगिताको उपाधि बुटवलका सुमित रानाले हात पारेका छन्।बडीबिल्डींग तथा फिटनेस एशोसियसन रुपन्देहीको आयोजनामा भैरहवामा सम्पन्न प्रतियोगितामा कृष्ण जिम बुटवलका खेलाडी रानाले ओभरअल टाईटलको उपाधि तौल समूहका बिजेता ५ खेलाडीलाई पछि पार्दै रानाले उपाधि हात पारेका हुन्।

उनले उपाधिसँगै नगद ३५ हजार पुरस्कार समेत प्राप्त गरेका छन्।प्रतियोगितामा बुटवल फिटनेस आठ पदक जित्दै उत्कृष्ट टीम घोषित भएको छ।यस्तै काठमाडौं बाहिर पहिलोपल्ट आयोजना भएको महिला स्क्वार्टको उपाधि ए एण्ड ए हेल्थ क्लबका बिष्णुमाया पुनले चुमेकी छिन्। उनले एक सय एक केजी तौल उचाल्दै उपाधि चुमेकी हुन्। उपाधिसँगै उनले नगद ५ हजार प्राप्त गरेकी छिन्।

प्रतियोगितामा कोटिहवाको पावर एण्ड मसल जिमकी सुनिता थापाले ९१ किलो तौल उचाल्दै दोस्रो र बुटवल निर्बोध एरोबिककी रंजिता शेरचन ८६ केजी तौल उचाल्दै तेस्रो भएकी छिन्।पुरुष फिजिक्सतर्फको प्रतियोगिता बुटवल फिटनेसका राजन श्रेष्ठ प्रथम, भैरहवाको एसएस फिटनेसका सुबिन विक दोस्रो तथा भलबारी जिमका अमित पंगेनी तेस्रो भएका छन्।

त्यस्तै बडीबिल्डिङ्गतर्फ ५५ केजी तौल समूहमा निर्बोधका कृष्ण राना प्रथम भएका छन्। ए एण्ड ए हेल्थ क्लबका कृष्ण रणपाल दोस्रो तथा बुटवल जिमका राजन श्रेष्ठ तेस्रो भएका छन्।

६० केजी तौल समूहमा बुटवल फिटनेसका नबिन विक प्रथम भएका छन्। उनी प्रतियोगिताकै उत्कृष्ट पोजर बन्दै समेत घोषित भएका छन्। उनी नगद १० हजारबाट पुरस्कृत भए। यस्तै द जिमका अर्जुन श्रेष्ठ दोस्रो तथा बुटवल जिमका कोशिस गुरुङ्ग तेस्रो भएका छन्।

६५ केजी तौल समूहमा कृष्ण जिमका सुमित राना प्रथम, बुटवल जिमका सुनिल आले दोस्रो तथा एसएस फिटनेशका बिनोद बुढाथोकी तेस्रो भएका छन।७० केजी तौल समूहमा बुटवल फिटनेसका सुभाषमान श्रेष्ठ प्रथम भएका छन्। बुटवल फिटनेसकै सुरज थापा दोस्रो भए भने निर्बोधका रबिबहादुर गाहा तेस्रो भएका छन्।

७० प्लस तौल समूहमा एसएस फिटनेसका विष्णुकुमार निसाध प्रथम भएका छन्। बुटवल फिटनेसका अमर विक दोस्रो तथा बुटवल फिटनेसका बसन्तबहादुर थापा तेस्रो भएका छन्।प्रतियोगितामा बेष्ट पोजरबाट बुटवल फिटनेसका नबिन विक पुरस्कृत भए।तौल समूहको प्रत्येक बिजेता तथा उत्कृष्ट खेलाडी नगद ५ हजार तथा मेडल, प्रमाणपत्रबाट पुरस्कृत भएका छन्।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.