तिलोत्तमा गोल्डकप : पुलिस सेमिफाइनलमा

तिलोत्तमा गोल्डकप : पुलिस सेमिफाइनलमा

बुटवल : बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबलअन्तर्गत आइतबार जित हात पार्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। पुलिसले अर्को विभागीय प्रतिद्वन्द्वी एपीएफलाई १-० गोलले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसका तेज तामाङले खेलको ७२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। अभिषेक रिजालको पासलाई तामाङले जाली चुमाएका थिए।

पहिलो हाफमा गोलरहित बराबरी खेलेका एपीएफ र पुलिस दोस्रो हाफमा निकै आक्रामक रूपमा उत्रिएका थिए। तीन पटक तिलोत्तमा गोल्डकपको उपाधि उचालेको पुलिसले दोस्रो हाफमा पाएका सुनौला अवसरलाई एपीएफका गोलरक्षक अमृत चौधरीले रोकेका थिए। गृह जिल्लामा चौधरी चम्किँदा पुलिसले थप गोल गर्न सकेन।

सशस्त्रका नवीन लामाले दोस्रो हाफमा गरेको सुन्दर प्रहारलाई प्रहरीका गोलरक्षक रोशन खड्काले सहजै पाखा लगाइदिँदा मैदानमा उपस्थित घरेलु दर्शक निराश बनेका थिए। आक्रामक रूपमा मैदान उत्रिएको एपीएफले दुई सुनौला अवसरबाहेक पोस्टमा प्रहार गर्न सकेन। पुलिसले आफ्ना तीन सुनौला अवसरलाई गुमाएको थियो।

एपीएफलाई हराउँदै अन्तिम चारमा पुगेको पुलिसले आयोजक रूपन्देही-११ सँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। पुलिसका तेज तामाङ म्यान अफ दी म्याच घोषित भए।

देवीनगरस्थित एन्फा टेक्निकलको खेल मैदानमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार थ्रीस्टार र फ्रेन्ड्स क्लब काठमाडौंबीच खेल हुनेछ। फ्रेन्ड्स पहिलो खेलमा कास्की-११ लाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

प्रतियोगिताको विजेताले सात लाख ७७ हजार सात सय ७७ रुपैयाँ प्राप्त गर्नेछ। यसैगरी उपविजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन्। विधागत उत्कृष्ट हुने खेलाडीले पनि आकर्षक नगद पुरस्कार प्राप्त गर्नेछन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.