न्यायाधीश चोलेन्द्रमाथि नैतिकताको प्रश्न, अवहेलना मुद्दा चलाइँदै

न्यायाधीश चोलेन्द्रमाथि नैतिकताको प्रश्न, अवहेलना मुद्दा चलाइँदै

काठमाडौँः कान्तिपुरविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दामा आइतवार दिनभर इजलासमा बसेका सर्वोच्चका न्यायाधीश चोलेन्चद्र शमशेर जबराले सोमबार इजलासमा नबस्ने निर्णय गरेका छन् ।

इजलासमा नबस्ने निर्णयसँगै राणाको न्यायिक आचरण, कार्यक्षमता र न्यायाधीशमा हुनुपर्ने न्यूनतम् नैतिकताको विषयमा गम्भीर प्रश्न समेत उठाइएको छ ।

राणाले आइतवार भएको बहसमा अदालतको प्रतिरक्षामा बहस गर्ने कानुन व्यवसायी र अबहेलना अभियोग लगाइएका डा. गोविन्द केसीको पक्षमा भने दिनभर बहस सुनेका थिए ।

तर, राणाले बेन्च बहिष्कार गर्ने निर्णय लिएपछि रातारात चलखेल र स्वार्थ केन्द्रको गठजोड रहेको आशंका समेत गरिएको छ । सर्वोच्च अदालत बार एशोसियनका एक अधिवक्ताले पहिलो दिन सुनुवाइमा बसेका राणाले दोस्रो दिन बेन्च बहिष्कार गर्नुले उनको भूमिकामा गम्भीर प्रश्न उठाएको प्रतिक्रिया दिए ।

‘यो मुद्दालाई हामीले नजिकबाट हेरिरहेका छौँ’, उनले भने, ‘न्यायाधीश राणाले पहिलो दिन नै सुनुवाइमा सहभागी हुनुहुन्थ्यो । पहिलो दिन बसेर दोस्रो दिन बहिष्कारको निर्णय गर्ने उनको निर्णयले धेरै किसिमका आशंका जन्माएको छ ।’

राणा इजलासबाट बाहिरिएपछि कान्तिपुरसँग सम्बन्धित सोमबारको सुनुवाइ स्थगित गरिएको छ । चोलेन्द्रको बेन्च बहिष्कारसँगै नेपालको इतिहासमै न्यायपालिकाको अबहेलासम्बन्धी घटनाले नयाँ मोड लिने संकेत देखिएको छ ।

अवहेलना मुद्दा प्रकरणमा बेन्च बहिष्कार गरेपछि प्रधानन्यायाधीश पराजुलीले राणामाथि कारबाही गर्न सक्ने अनुमानसमेत गरिएको छ । न्याय क्षेत्रमा राणाको गतिविधिलाई लिएर यसअघि पनि गम्भीर आलोचना हुँदै आएको थियो ।

कार्यक्षमता र नैतिकताको प्रश्न उब्जाउँदै सर्वोच्चकी तत्कालीन न्यायाधीश सुशीला कार्कीसहितको बेन्चले राणमाथि कारबाहीका लागि न्यायपरिषद्मा लेखेर समेत पठाएको थियो । न्यायिक वृत्तमा दिनभर सुनुवाइ गरेर एकाएक इजलास बहिष्कार गर्ने राणाको निर्णयमाथि न्यूनतम् नैतिकता, न्यायाधीशको आचारसंहिता र मर्यादाहीन कार्य भन्दै आलोचना सुरु भएको छ ।

प्रधानन्यायाधीश पराजुलीले गत साउनमा नै अवकाश लिनुपर्ने कारण बताउँदै राणाले बेन्चमा बस्न नसक्दै टिप्पणी लेख्दै सुनुवाइ प्रक्रियालाई अवरुद्ध गरेका थिए ।

मुद्दा तयारी

पहिलो दिन सुनुवाइमा बसेर दोस्रो दिन बेन्च बहिष्कार गर्ने राणाको निर्णयपछि उनीविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउने तयारी सर्वोच्चले थालेको छ ।

अदालतको न्यायिक प्रक्रियालाई प्रभावित गर्ने गरी राणाले टिप्पणी लेखेर बेन्च बहिष्कार गरेपछि उनीमाथि अवहेलन मुद्दा चलाउने तयारी थालिएको सर्वोच्च स्रोतले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.