जहाज पुरै जल्यो, १४ यात्रुको उद्दार

जहाज पुरै जल्यो, १४ यात्रुको उद्दार

काठमाडौँः बंगलादेशको राजधानी ढाकाबाट ७८ यात्रुसहित आएको युएस बंगला विमान कम्पनीको बम्बार्डियर जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना भएर पुर्णरुपमा जलेको छ ।

दिउँसो सवा २ बजे अवतरणका क्रममा धावनमार्ग भन्दा केही बाहिर पुगेर दुर्घटनाग्रस्त हुँदा आगलागी भएको हो । आगलागी भएपछि जहाज पुरै जलेर नष्ट भएको त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार दुर्घटनापछि आगलागीमा परेर घाइते भएका १४ जना यात्रुलाई उद्दार गरेर सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज र निजामती अस्पताल पठाइएको छ ।

अहिले घटनास्थलमा उद्दारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र विमानस्थलका कर्मचारी तथा वारुण यन्त्रसहितको ठुलो टोली परिचालित भएको ठाकुरले जानकारी दिए ।

विमानमा लागेको आगो करिब नियन्त्रण भइसके पनि विमान जोगाउन नसकिएको ठाकुरले अन्नपूर्णलाई बताए । बं‌गलादेशको अनलाइन डेली स्टारका अनुसार कलसाइन एस २ एजीयु भएको विमान दुर्घटनामा परेको हो ।

सबै तस्बिर: प्रकाश आस्था


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.