विमान दुर्घटनामा परेकामध्ये ३६ यात्रुको मृत्यु

विमान दुर्घटनामा परेकामध्ये ३६ यात्रुको मृत्यु

काठमाडौँः त्रिभुवन विमानस्थलमा युएस–बंगलाको विमान दुर्घटना हुँदा कम्तिमा पनि ३६ जना यात्रुको ज्यान गएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीका अनुसार उद्दार गरेर अस्पताल पठाइएकामध्ये आठजनाको काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

विमान दुर्घटनास्थलबाट २८ जनाको शव संकलन गरिएको छ । अन्य घाइतेको काठमाडौँ मेडिकल कलेज, नर्भिक अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

क्षेत्रीका अनुसार उद्दार गरिएर अस्पताल पठाइएका २५ मध्ये आठको ज्यान गएको छ भने १६ जनाको अहिले पनि उपचार जारी छ । सामान्य घाइतेहरु भएकाहरु उपचारपछि घर फर्किएका छन् । क्षेत्रीले उद्दारको काम करिब सकिएको पनि जानकारी दिएका छन् ।

युएस–बंगलाको ६७ यात्रु र ४ चालक दलसहित आएको विमान रन वे बाट चिप्लिएर दुर्घटनामा परेको थियो । दुर्घटना परेपछि जहाजमा आगो लागेको थियो ।

यो जहाजमा ३३ जना नेपाली, ३२ जना ब‌ंगलादेशी, २ जना माल्दिभस र १ जना चिनयाँ नागरिक सवार रहेका थिए । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.