विमान दुर्घटनामा १३ नेपालीको ज्यान गयो
काठमाडौँः त्रिभुवन विमानस्थलमा युएस–बंगलाको विमान दुर्घटना हुँदा कम्तिमा पनि १३ जना नेपालीको ज्यान गएको छ । विमानमा यात्रारत ३३ जना नेपालीमध्ये १३ जना नेपालीको ज्यान गएको हो । ज्यान गुमाउनेहरुको नाम समेत खुलिसकेको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका महाप्रवन्धक राजेन्द्रकुमार क्षेत्रीका अनुसार उद्दार गरेर अस्पताल पठाइएकामध्ये आठजनाको काठमाडौँ मेडिकल कलेजमा मृत्यु भएको हो ।
क्षेत्रीका अनुसार उद्दार गरिएर अस्पताल पठाइएका २५ मध्ये आठको ज्यान गएको छ भने १६ जनाको अहिले पनि उपचार जारी छ ।
सामान्य घाइतेहरु भएकाहरु उपचारपछि घर फर्किएका छन् । क्षेत्रीले उद्दारको काम करिब सकिएको पनि जानकारी दिएका छन् ।
युएस–बंगलाको ६७ यात्रु र ४ चालक दलसहित आएको विमान रन वे बाट चिप्लिएर दुर्घटनामा परेको थियो । दुर्घटना परेपछि जहाजमा आगो लागेको थियो ।