विमान दुर्घटनाः २२ नेपालीको मृत्यु, १० को उपचार हुँदै

विमान दुर्घटनाः २२ नेपालीको मृत्यु, १० को उपचार हुँदै

काठमाडौँः युएस–बंगला एयरलाइन्सको विमान दुर्घटनामा कम्तिमा २२ नेपालीको ज्यान गएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका अनुसार अहिलेसम्म २२ नेपालीले ज्यान गुमाइसकेका छन् ।

विमानमा सवार ३३ नेपालीमध्ये अहिले १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार धापासीस्थित ग्रान्डी अस्पतालमा चारजनाको उपचार भइरहेको छ ।

त्यसैगरी थापाथलीस्थित नर्भिक अस्पतालमा तीनजनाको उपचार जारी छ । काठमाडौँ मेडिकल कलेजमा २ जना, बाँसबारीस्थित न्यूरो अस्पतालमा एकजनाको उपचार भइरहेको छ । अर्का एकजनाको भने अवस्था खुल्न नसेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.