विशेष बन्यो पहिलो जित

विशेष बन्यो पहिलो जित

काठमाडौं : पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एकदिवसीय क्रिकेटमा पहिलो जित निकालेसँगै नेपालले एकदिवसीय टोलीको मान्यता प्राप्त गर्दै ऐतिहासिक उपलब्धि हात पारेको छ । उत्कृष्ट बलिङसँगै संयमित ब्याटिङ प्रदर्शन गरेको नेपालले पीएनजीलाई ६ विकेटले पराजित गर्‍यो । नेपालले यो जितसँगै पीएनजीविरुद्ध अघिल्ला खेलमा बेहोरेको पराजयको बदला समेत लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सन् २०१५ को अन्त्यतिर पीएनजीविरुद्ध भएको दुई खेलमध्ये नेपालले दुवै खेल गुमाएको थियो । दुबईमा भएको पहिलो खेलमा नेपाल दुई विकेट र दोस्रो खेलमा तीन विकेटले पराजित भएको थियो ।

जिम्बावेको राजधानी हरारेस्थित वल्र्ड हरारियन स्टेडियममा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पीएनजीलाई २७.२ ओभरमा एक सय १४ रनको सामान्य योगफलमै समेटेको थियो । जवाफमा आएको नेपालले २३ ओभरमै केवल चार विकेट गुमाएर जित पक्का गरेको थियो । नेपाललाई महत्वपूर्ण खेलमा जित दिलाउन अलराउन्डर दीपेन्द्रसिंह ऐरीले बल र ब्याटबाट उत्कृष्ट प्रदर्शन गरे ।

अफ स्पिन बलिङ गरेका दीपेन्द्रले ४.२ ओभरमा मात्र १४ रन खर्चिएर चार विकेट लिए । उनले ब्याटिङमा पनि अविजित ५० रनको योगदान गरे । उनले ५८ बलमा तीन छक्का र एक चौका प्रहार गरे । दीपेन्द्रले २३औं ओभरको अन्तिम बलमा छक्कासहित आफ्नो अर्धशतक पूरा गर्दै नेपालको जित पनि पक्का गरे । दीपेन्द्रले चौथो विकेटका लागि आरीफ शेखसँग ६७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफ ४२ बलमा २६ रन बनाउँदै आउट भए ।

त्यसअघि नेपालका सुरुवाती बलरहरुले पीएनजीका सुरुवाती ब्याट्सम्यानलाई चाँडै आउट गर्दा नेपालले सहज लक्ष्य पाएको थियो । पीएनजीका लागि चाल्र्स अमिनीले १९ रन बनाए । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले पीएनजीको चार तथा करण केसी र सोमपाल कामीले एक÷एक विकेट लिए । नेपालले अब शनिबार सातौं स्थानका लागि नेदरल्यान्ड्सको सामना गर्नेछ ।

‘सबैले खुसी मनाउनु पर्छ’

-विनोद दास

नेपाली टोलीले प्राप्त गरेको यो उपलब्धिमा म निकै खुसी छु । नेपाली क्रिकेटले हालसम्म प्राप्त गरेकोमध्ये यो सबैभन्दा ठूलो उपलब्धि हो । त्यसैले यो उपलब्धिमा सबैले खुसी मनाउनु पर्छ । वर्षाैंको मेहनतपछि प्राप्त यो खुसीसँगै नेपाली क्रिकेटमा अझ बढी जिम्मेवारी पनि थपिएको छ । यदि ती जिम्मेवारीलाई सही ढंगले सदुपयोग गर्न सकेको अवस्थामा नेपाली क्रिकेटले आगामी चार वर्षमा साँच्चिकै ठूलो उपलब्धि हात पार्नेछ ।

म खेलाडी हुँदा पनि मेरो देशले एकदिवसीय मान्यता प्राप्त गरोस् भनेर सोच्ने गर्थें । यसैगरी टेस्ट मान्यताको विषयमा पनि हामी सोच्थ्यौं । म आफंै पनि यो सफलताका लागि लालायित थिएँ । अहिले खेलाडीबाट प्रशिक्षकको जिम्मेवारीमा छु । नेपाली टोलीले पहिलो पटक एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न सफल भएको छ । यो अवस्थामा म खेलाडीको रूपमा जति खुसी हुन्थेँ हुँला, अहिले नेपाली क्रिकेटको समर्थक र प्रशिक्षकको हैसियतमा पनि उत्तिकै खुसी छु ।

(विनोद राष्ट्रिय टोलीका पूर्वकप्तान हुन् ।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.