पुरुष युगलमा प्रणव र कमल च्याम्पियन

पुरुष युगलमा प्रणव र कमल च्याम्पियन

काठमाडौं : त्रिभुवन आर्मी क्लबका प्रणव खनाल र नेपाल पुलिस क्लबका कमल भण्डारीको जोडी १०औं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगितामा पुरुष युगलतर्फ च्याम्पियन बनेको छ । हल्चोकमा बिहीबार भएको फाइनलमा उक्त जोडीले ललितपुरका सन्तोष खत्री र जितेन्द्र परियारको जोडीलाई ४-६, ६-४, १०-५ अंकले पराजित गर्‍यो । इन्टर गभर्मेन्टल सर्भिस स्पर्धाको पुरुष एकलतर्फको फाइनलमा एपीएफका सुरजकुमार श्रेष्ठले आर्मीका उत्तम बोगटीलाई ६-३, ७-५ अंकले हराउँदै उपाधि हात पारे ।

यसैगरी ३५ वर्षमाथिको भेन्ट्रान्स युगलतर्फ काठमाडौंका महेश श्रेष्ठ र छेवाङ लामाको जोडीले बाजी मार्‍यो । महेश र छेवाङको जोडीले फाइनलमा काठमाडौंका विमल गुरुङ र राजु क्षेत्रीको जोडीलाई ७-५, ६-० अंकले हरायो । ४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको फाइनलमा काठमाडौंका सुवर्ण ढाक्वा र कृष्णराज घलेको जोडीले काठमाडौंकै राजु क्षेत्री र शिवप्रसाद सेढाईंको जोडीलाई ६-३, ६-३ अंकले हराउँदै पहिलो भयो । ४५ वर्षमाथिको भेन्ट्रान्स एकलतर्फ काठमाडौंका राजु श्रेष्ठ पहिलो भए । फाइनलमा राजुले काठमाडौंकै सिजर गुरुङलाई ६-२, ३-२ अंकले हराए ।

त्नजित र नवीनको जोडी च्याम्पियन

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडी १४औं कृष्णमोहन स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा पुरुष युगलतर्फको उपाधि जितेका छन् । हल्चोकस्थित एपीएफ क्लबको कभर्डहलमा बिहीबार भएको फाइनलमा रत्नजित र नवीनको जोडीले एपीएफ क्लबका दिपेश धामी र विजित थापामगरको जोडीलाई २१-१६, १९-२१, २२- २० ले पराजित गरे । १७ वर्षमुनी पुरुष एकलतर्फको फाइनलमा दार्चुलाका प्रिन्स दाहालले आर्मीका प्रफुल्ल महर्जनलाई २१-१४, २१-१९ ले हराउँदै उपाधि जिते । महिला युगलतर्फ एपीएफकी पुजा श्रेष्ठ र शिक्षा श्रेष्ठको जोडीले आर्मीका नङसल तामाङ र अनुमाया राईको जोडीलाई २१-२३, २१-१४, २१-१६ ले हराउँदै पहिलो भए ।

४५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फ जेष्ठ ब्याडमिन्टन एकेडेमीका नविनबावु श्रेष्ठ र श्याम पराजुली पहिलो भए । उक्त जोडीले ग्यालेक्सी क्लबका राजु भुजु र हरिप्रसाद श्रेष्ठको जोडीलाई २१-१७, २१-१७ ले पराजित गरे । मिक्स डबल्सतर्फ एपीएफका पुजा श्रेष्ठ र दिपेश धामीको जोडी पहिलो भए । उक्त जोडीले आर्मीका नङसल तामाङ र रत्नजित तामाङको जोडीलाई १७-२१, २१-१९, २१-१७ ले हराए । प्रतियोगिता अन्तर्गत पुरुष एकलको फाइनल खेलमा सुक्रबार एपीएफका दिपेश धामी र आर्मीका रत्नजित तामाङ भिड्नेछन् ।

न्युडायमन्ड र एपीएफबीच फाइनल भिडन्त

सशस्त्र प्रहरी महानिरीक्षक पाँचौं राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको उपाधिका लागि शिवम् न्युडायमन्ड एकेडेमी काठमाडौं र नेपाल एपीएफ क्लबबीच भिडन्त हुने भएको छ । हल्चोकस्थित एपीएफ क्लबको कोर्टमा बिहीबार भएको खेलमा न्युडायमन्ड एकेडेमीले नेपाल पुलिस क्लबलाई २५-१०, २५-२२, २५-१३ को सोझो सेटमा पराजित गर्‍यो । उक्त खेलमा न्युडायमन्ड एकेडेमीकी प्रतिभा माली वुमन अफ दी म्याच घोषित भइन् । अर्को सेमिफाइनल खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २५-९, २५-९, २५-१० को सोझो सेटमा हरायो । उक्त खेलमा एपीएफकी नेविका चौधरी वुमन अफ दी म्याच भइन् ।
प्रतियोगितामा ६ टोलीले भाग लिएका थिए । लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगिताबाट समूहका दुई शीर्ष टोली सेमिफाइनलमा पुगेका थिए । प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० हजार र उपविजेताले एक लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने टोलीले ५० हजार, उत्कृष्ट विधाका खेलाडीले जनही पाँच हजार र सर्वोत्कृष्ट खेलाडीले एउटा स्कुटर पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.