सन्दीप लामिछानेले लिए चौथो विकेट : नेदरल्याण्डको ब्याटिङ धरापमा

सन्दीप लामिछानेले लिए चौथो विकेट : नेदरल्याण्डको ब्याटिङ धरापमा

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तरगत सातौँ स्थानका लागि नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले कसिलो बलिङ गरिरहेको छ।

पहिलो ओभरमै दोहोरो सफलता पाएको नेपालले १४ ओभरमा चार विकेट लिइसकेको छ। नेपालका लागि सोपाल कामी एक्लैले तीन विकेट लिए भने सन्दीप लामिछानेले चौथो विकेट लिएका छन्।

पहिलो ओभरमा दुई विकेट लिएका सोमपालले ६ ओभरमा पुग्दा तीन विकेट लिएका हुन्। नेपालको कसिलो बलिङको सामना गरिरहेको नेदरल्याण्डले १६ ओभर खेल्दा चार विकेटको क्षतिमा ५२ रन बनाएको छ ।

एककदिवसीय टोलीको मान्यता पक्का गरिसकेको नेपालले जिम्बाब्वेमा जारी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार सातौं स्थानका लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरेको हो । खेल जिम्बाब्वेको क्वे क्वेस्थित स्टेडियममा जारी छ ।

बिहीबारको खेलबाट नै जारी प्रतियोगितापछि आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता प्राप्त गर्ने अन्तिम टोलीको टुंगो लागेपछि शनिबारको खेल वरीयता निर्धारणका लागि मात्रै सीमित भएको छ। नेपाल र नेदरल्यान्ड्सबीचको विजेता १० टोली सम्मिलित प्रतियोगितामा सातौं हुनेछ भने पराजित टोली आठौं स्थानमा रहनेछ।

सुपर सिक्स चरणमा पुग्न असफल भएपछि जारी छनोट प्रतियोगिताबाट अर्को वर्ष इङ्ल्यान्ड र वेल्सले आयोजना गर्ने विश्वकप खेल्ने अवसर गुमाए पनि नेपालले बिहीबार स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्स (यूएई) पछि तेस्रो टोलीको रूपमा एकदिवसीय टोलीको मान्यता भने पक्का गरेको हो। आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीन टोलीले आगामी सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउने प्रावधान थियो।

नेदरल्यान्ड्सले गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतले यसअघि नै एकविदसीय टोलीको मान्यता पक्का गरिसकेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.