एक सय ४७ विद्यार्थी एसईई परीक्षाबाट वञ्चित

एक सय ४७ विद्यार्थी एसईई परीक्षाबाट वञ्चित

गाईघाट : आगामी चैत्र ८ गतेबाट सुरु हुने एसईई परीक्षामा उदयपुरका एक सय ४७ विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन् । विद्यालयमा हाजिरी नपुगेका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन् ।

उदयपुरका जिल्ला शिक्षा अधिकारी हरिहर धितालले शिक्षा नियमावलीअनुसार विद्यार्थीले परीक्षामा सहभागी हुन नपाउने बताउँदै भने, ‘शिक्षा नियमावली अनुसार विद्यार्थीको ७५ प्रतिशत हाजिर हुन पर्छ । नियमावली अनुसार प्रकृया पुरा नगरेकाले उनीहरुलाई परीक्षा दिनबाट वञ्चित गराइएको हो ।’

यस वर्ष नियमिततर्फ पाँच हजार ९९ जना परीक्षार्थी सहभागी हुँदैछन् । जसमा छात्रा दुई हजार ६ सय ९१ र छात्र दुई हजार चार सय आठ जना रहेका छन् । त्यस्तै एक्जाम्टेडतर्फ पाँच सय ६१ र प्राविधिक विषयतर्फबाट एक सय ३९ छन् ।

उदयपुरमा सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेडतर्फका विद्यार्थीका लागि २५ परीक्षा केन्द्र तोकिएको छ । जसमा प्राविधिक तर्फको परीक्षा त्रियुगा नगरपालिकाको देउरी माध्यमिक विद्यालय तोकिएको छ भने एक्जामटेडका लागि सदरमुकामस्थित त्रियुगा मावि गाईघाट र राजवास मावि तोकिएको छ ।

२५ परीक्षा केन्द्रमध्ये मुकुर्ची मावि, रिस्कु मावि र नारदआर्दश माविमा महिला परीक्षा केन्द्राध्यक्ष तोकिएको जिशिअ धितालले बताए । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष २५, सहकेन्द्राध्यक्ष २७, निरीक्षक दुई सय ४६ सहयोगी एक सय ३२ तोकिएको छ ।

परीक्षाको सम्पुर्ण तयारी सकिएको बताउँदै उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष उदयपुरमा एसईई परीक्षा दिने विद्यार्थीको संख्या घटेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.