दुर्घटनामा भुटानी शरणार्थीको मृत्यु

दुर्घटनामा भुटानी शरणार्थीको मृत्यु

विराटनगर : मोरङको उर्लाबारी नगरपालिका –६ किसान चोकमा आइतबार स्कुटर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

मे ६ प ९९७० नम्बरको स्कुटर दुर्घटना हुँदा चालक पथरी शनिश्चरे नगरपालिका १० स्थित भुटानी शरणार्थी शिविर हट नम्बर ५० मा बस्दै आएका २५ वर्षीय राज भनिने पूर्णसिंह गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए ।

थापाका अनुसार उनी सवार स्कुटर बिहान ६ बजे आफंै अनियन्त्रित भएर सडकबाट लगभग २० मिटर तल खसेको थियो । दुर्घटनामा परेका गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

त्यस्तै मोरङकै सुनवर्षी नगरपालिका –९ डायनिया स्थित भित्री सडक खण्डमा को १९ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय ४२ वर्षीय मोहमद मुरसिद घाइते भएका छन् ।

घाइतेको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.