भीरबाट लडेर कक्षा ९ मा अध्ययनरत छात्राको मृत्यु
जाजरकोट : भीरबाट लडेर छेडागाड नगरपालिका –८ पजारुस्थित रिनटाकुरा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा पशुपती गिरीको आइतबार मृत्यु भएको छ । घरबाट विद्यालय आउँदै गर्दा रुवास्थित भिरालो बाटोबाट लडेर ज्यान गएको विद्यालयका प्रधानाध्यापक मानबहादुर बुढाले बताए ।
विद्यालय आउने बाटो भिरालो भएका कारण विद्यार्थीहरु जोखिम मोलेर आउने जाने गरेका छन् । जाजरकोटमा भीरबाट लडेर अकालमा ज्यान गुमाउनेको संख्या दुई महिनाको अवधीमा १३ पुगेको प्रहरीले जनाएको छ ।