गिरिजाप्रसाद कोइरालालाई सम्झँदा

गिरिजाप्रसाद कोइरालालाई सम्झँदा

काठमार्डौ : निर्भीक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन भएको आज ९ वर्ष भएको छ। २०६६ साल चैत्र ७ गते गिरिजाप्रसादको निधन भएको थियो। २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन् गिरिजाप्रसाद कोइराला। 

बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछि कोइराला चार पटक नेपालको प्रधानमन्त्री बने। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक गिरिजाप्रसाद प्रधानमन्त्री बने। २०४८ साल जेठ १५ गते पहिलो पटक गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री बने।

२०५० सालमा कांग्रेसका ३६ जना सांसदले सरकारको कामको विरोधमा मतदान गरेपछि उनले संसद भंग गरेर मध्यावधि निर्वाचनको घोषणा गरे तर २०५१ सालमा भएको मध्यावधिमा कांग्रेस दोस्रो पार्टी बन्यो। उनी सत्ताबाट बाहिरिए।

 २०५५ साल बैशाख २  गते  राप्रपाका नेता सूर्यबहादुर थापाको सरकार हटाएर कोइराला दोस्रो पटक नेपालको प्रधानमन्त्री बने। उनले २०५६ सालमा आम निर्वाचन गराए। उक्त निर्बाचनमा कांग्रेसले बहुमत ल्यायो। २०५७ सालमा आफ्नै पार्टीका असन्तुष्ट पक्षको अविश्वासको प्रस्ताबका कारण प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको राजीनामा पश्चात गिरिजाप्रसाद तेस्रो पटक प्रधानमन्त्री भए। दरबार हत्याकाण्ड कोइरालाकै कार्यकाल भयो।

उनले पहिलो पटक माओवादी विद्रोहविरुद्ध नेपाली सेना परिचालन गर्ने असफल प्रयास गरेका थिए। रोल्पाको होलेरीमा तत्कालिन माओवादीले आक्रमण गरेपछि राजा ज्ञानेन्द्रले सेना परिचालन गर्न नमान्दा उनले प्रधानमन्त्री पदबाट दिएको राजीनामा दिए। २०६३ बैशाख ११ को दोस्रो जनआन्दोलनपछि प्रतिनिधि सभाको पुनर्बहाली  भयो। गिरिजा प्रसाद कोइराला २०६३ बैशाख १२ गते पुनः चौथो कार्यकालका लागि नेपालका प्रधानमन्त्री बनाइए।

सेना परिचालन र प्रतिनिधि सभा पुर्नस्थापनाको अडान गिरिजाप्रसादका इतिहासका सम्झना योग्य कदम हुन्। उनका यी दुई अडान नेपाली जनताको मनमस्तिक सँधै रहिरहनेछ। १० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए। ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट बिरोधी भनेर चिनिने गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गर्न बाध्य हुनु पर्‍यो।

युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर गिरिजा कोइरालाको व्यक्तित्वका अगाडि त्यो आलोचना छायामा नै रह्यो। संवैधानिक राजतन्त्रका पक्षपोषक गिरिजाप्रसाद कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका विरुद्ध आन्दोलनको अगुवाइ गर्न गर्न पुगे, कम्युनिस्टहरूको साथबाट उनको नेतृत्व सफल भयो र राजतन्त्रका अन्त्य भयो। २०४६ सालपछि  पनि कोइराला नेपाली राजनीतिको केन्द्र भागमा  रहिरहे।

कोइरालाको पारिवारिक पृष्ठभूमि

नेपाली कांग्रेसका 'महामानव' विपी कोइरालाका कान्छा भाइ गिरिजा प्रसाद कोइरालाको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा वि.स. १९८१ असार १८ मा जन्मेका  जन्म भएको थियो। बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाको जन्म भएको हो। उनका दुई दाजुहरू विपी कोइराला तथा मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए। सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाप्रसादले सुष्मा कोइरालासित विवाह गरे। कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाप्रसादकी  एक मात्र सन्तान हुन्।

कोइरालाको राजनीतिक यात्रा

कोइरालाको नेतृत्वमा २००४ सालमा कोइरालाले नेपाल मजदुर कांग्रेसको स्थापना गरे, अहिले त्यसलाई नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिने गरेको छ। २००८ सालमा गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेस मोरङ सभापति बने र २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहिरहे। २०१७ सालमा गिरफतार परे।

करिब ६ वर्ष जेल जीवन विताएका रिहाई भएपछि भारतमा निर्वासित भए। मेलमिलापपछि गिरिजाप्रसाद २०३५ सालमा नेपाल फर्किए। गिरिजाप्रसाद २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भए। २०५३ सालदेखि मृत्यु नहदाँ सम्म लगातार कोइराला पार्टी सभापति भइरहे। २०४६ सालको जनआन्दोलन र २०६२/६३ को आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए, २०४६ साल आन्दोलनले पञ्चायती व्यवस्थालाई हटायो , २०६२/६३ को आन्दोलनले राजतन्त्र अन्त्य गरी संघीय गणतन्त्रको स्थापना गरायो।

कोइरालामाथिका आरोप

बहुदलको पुर्नस्थापनापछि २०४८ सालमा नै तत्कालिन कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराई हराउन मुख्य भूमिका खेलेको आरोप कोइरालामाथि लाग्यो। सभापतिलाई हराएर आफू प्रधानमन्त्री बन्ने उनले अनेकौ षडयन्त्र गरेको आरोप लागिरहयो। त्यो समय त्रय नेता रुपमा सञ्चालन भएको  कांग्रेसमा गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलाई पाखा लगाएर पार्टीको नेतृत्व र सत्ता कब्जा आफूले कब्जा गरे।

कांग्रेसले बहुमत ल्याउँदा समेत कोइरालाले पूरा पाँच वर्ष सत्ता टिकाउन सकेनन्। गिरिजाप्रसाद पदलोलूप नेता चिनिन्छन्। उनले जीवनकालमा पार्टी र सत्तामा सँधै आफ्नो प्रभुत्व राहिरहे।

कसैलाई काँखा कसैलाई पाँखा गर्ने संस्कार विकास गिरिजा कोइरालाका पालाबाट सुरु भएको हो। पार्टी चरम गुटबन्दीको सुरुवात नै कोइरालाकै पालामा भएको हो। गणेशमान र कृष्णप्रसाद जस्ता धेरै नेता गिरिजाको निरंकुश व्यवहारका कारण उनकै पालामा पाखा लागे। शेरबहादुर देउवाले पार्टी नै फुटाए। कोइराला सत्तामा रहँदा अन्य पार्टीका आस्था राख्नेप्रति शत्रुको व्यवहार गर्ने र कांग्रेसीकरणको व्यापक आरोप लाग्यो। उनको पालामा नै भष्ट्रचारले संस्थागत स्वरुप लिएको थियो। उनका पालामा धेरै भष्ट्राचारका काण्ड भए। उनी लाउडा काण्डमा लगातार तानिइरहे। धेरै मूल्यको बोइङ जेट विमान भाडामा धेरै धनराशी उठाएको आरोप कोइरालामा माथि लाग्यो। 

नेपालको इतिहासमा गिरिजा कोइराला निडर र निर्भिक नेताका रुपमा चिनिन्छन्। चट्टानी अडानका नेताको रुपमा समेत उनलाई लिने गरिएको छ। प्रजातन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापना गर्नु उनको महत्वपूर्ण भूमिका रहेको छ। माओवादी शान्ति प्रक्रियामा ल्याउन उनको ठूलो भुमिका छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.