द्रुतमार्ग निर्धारित समयमै : रक्षामन्त्री पोखरेल

द्रुतमार्ग निर्धारित समयमै : रक्षामन्त्री पोखरेल

निजगढ : रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौं र तराई-मधेस जोड्ने द्रुतमार्ग नेपाल सरकारले निर्धारित समयमै सम्पन्न गर्ने बताएका छन्। रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै नेपाली सेनाले निर्माण गरिरहेको मार्गको बिहीबार निरीक्षण गर्दै रक्षामन्त्री पोखरेलले निर्धारित समयभित्र आयोजना सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

द्रुतमार्गको निरीक्षणपछि पूर्वपश्चिम राजमार्गसंग जोडिएको जिरो प्वाईन्टमा आयोजित कार्यक्रममा बोल्दै रक्षामन्त्री पोखरेलले राष्ट्रिय गौरवको आयोजनामा प्रधानमन्त्रीको चासो रहेकाले पछिल्लो अवस्था बुझ्का लागि आफू आएको बताए। नेपाली सेनाको हेलिकोप्टर लिएर निजगढ आइपुगेका मन्त्री पोखरेलले द्रुतमार्गको काममा कुनै ढिलाई नहुने बताउदै आयोजना निर्माणमा सहयोग पुर्‍याउन स्थानीयलाई आग्रह गरेका छन्।

द्रुतमार्ग आयोजनाबाट प्रभावित स्थानीयको अवस्थाका बारेमा आफू जानकार रहेको भन्दै मन्त्री पोखरेलले देशको समृद्धिसँग जोडिएको आयोजना निर्माणलाई समस्यामा नपार्न समेत आग्रह गरेका छन्। देशको समृद्धिको स्वार्थसँग जोडिएको आयोजनासामु साना समस्या र स्वार्थलाई अघि सार्न नहुने उनको भनाइ थियो। नेपाली सेनाले अधिकतम जनसहभागीतामा योजना पूरा गर्न लाग्ने भन्दै मन्त्री पोखरलले जनताको सरोकारलाई पन्छाएर काम गर्न सरकार तयार नरहेको समेत स्पष्ट पारे।

मन्त्री पोखरेलले द्रुत मार्गसँगै सरकारले अब चिनको तिब्बत जोड्ने बाटो निर्माणलाई पनि अघि बढाउने बताए। यसअघि ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई कार्यान्यवन गर्ने भन्दै मन्त्री पोखरेलले त्यसबाहेक कालीगण्डकी करिडोर, जाजरकोट–डोल्पा, रसुवा मार्ग, कोशी राजमार्गको किमाथांका तराई मधेसका २० जिल्लाका सदरमुकामलाई एकिकृत ढंगले बिकास गर्नका लागि केपी ओली नेतृत्वको सरकारले गरेको निर्णय समेत अब अघि बढ्ने बताए। विकासका योजनाबिना समृद्धिको कल्पना गर्न नसकिने भन्दै मन्त्री पोखरेलले आयोजना निर्माणमा नागरिकको सहभागीता र सहयोगको आवश्यकता रहेको बताए।

कार्यक्रममा स्थानीयले ५० बर्षपछि अवस्थालाई मध्यनजर गर्दै एक्सप्रेस हाइवेलाई ६ लेनको बनाउन माग गरे। यसअघि ६ लेनको बनाइने भनिए पनि सेनाले अहिले चार लेनको ट्रयाक खन्ने र सडक निर्माणको काम गरिरहेको छ।

नेपाली सेनाका उपरथी योगेन्द्र धोज खाँडले ‘एशियन हाइवे प्राइमरी क्लास ए’ अनुसार नेपाली सेनालाई निर्माणको जिम्मा दिएकाले त्यसैअनुसार काम गरिरहेको बताए। उपरथी खाँडले नेपाल सरकारले स्वीकृती दिए सेनाले ६ लेनको हाइवे बनाउन सक्ने बताएका छन्। तराईको भागमा ६ लेन सहज भएपनि पहाडमा भिरालो चट्टान रहेका कारण सम्भव भएसम्म काम गर्न सेना तयार रहेको उनको भनाइ छ।

निरीक्षणमा मन्त्री पोखरेलसहित मन्त्रालयका सचिव बिनोद केसी, वन मन्त्रालयका सचिव इक्षाधोज जिसी, नेपाली सेनाका रथी पूर्णचन्द्र थापा, उपरथी शरद गिरीलगायतको टोली बारा आइपुगेको थियो। स्थानियस्तरमा प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ, त्रिलोकी चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेल, निजगढ नगरपालिकाका मेयर सुरेश खनाल, कोल्हवीका मेयर भरत भण्डारीलगायतले सहजीकरण गरेका थिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.