आरक्षण भन्दा प्रतिस्पर्धामा विश्वास गर्नुहोस् : प्रधानमन्त्री ओली

आरक्षण भन्दा प्रतिस्पर्धामा विश्वास गर्नुहोस् : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले महिलालाई आरक्षण र संरक्षणमा भन्दा क्षमता र प्रतिस्पर्धामा विश्वास गर्न आग्रह गरेका छन्। राष्ट्रिय महिला उद्यमी महासंघले बिहीबार ललितपुरको सानेपामा गरेको तेस्रो अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७४ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘आरक्षण केही समयलाई हो। पछिलाई काम लाग्दैन।’ अखिल नेपाल महिला संघको अगुवाइमा दशक अघि सुरु भएको ३३ प्रतिशत आरक्षणको उपलब्धी अहिले ४१ प्रतिशतमा पुगेको प्रधानमन्त्री ओलीले बताए।

‘महिलाहरुले सुरुमा ३३ प्रतिशत आरक्षण माग्नु भएको थियो’, प्रधानमन्त्री ओलीले भने, स्थानी तहदेखि संघीय संसदसम्म हेर्ने हो भने अहिले महिलाको प्रतिनिधित्व ४१ प्रतिशत पुगेको छ। यसलाई हामी छिट्टै ५० प्रतिशत पुर्‍याउदैछौं।’

महिलाहरुको आर्थिक सवलीकरण नभएसम्म प्रतिस्पर्धी क्षमता विस्तारमा केही कठिनाइ हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘घरेलु उद्यम मार्फत महिलालाई आर्थिक रुपमा शसक्त बनाउन सकिन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘महिला उद्यमीहरुले निर्यातजन्य वस्तुको उत्पादन गर्ने सके आर्थिक स्तर उकासिन धेरै समय लाग्दैन।’

प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठन एउटा नियमित प्रक्रिया भन्दा फरक रहेको बताए। ‘यो सरकार परिवर्तन मात्र होइन’, प्रधानमन्त्री ओलीले भने, ‘यो प्रणालीको परिवर्तन हो। सरकारको उद्देश्य परिवर्तन हो।’ वर्तमान सरकारले देश निर्माण र जनताको हित बाहेक अरु कुनै कुरा नसोचेको प्रधानमन्त्री ओलीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.