सुरक्षा अवस्थाप्रति जापानको चासो

सुरक्षा अवस्थाप्रति जापानको चासो

काठमाडौं : जापानले नेपालभित्र हुनसक्ने आतंकवादी गतिविधिबारे गम्भीर चासो राखेको छ। गृहमन्त्रीसँगको भेटमा नेपालका लागि जापानका राजदूतले नेपालको पछिल्लो सुरक्षा अवस्था सम्बन्धमा चासो राखेका हुन्।

गृह मन्त्रालयमा गत सोमबार गृहमन्त्री रामबहादुर थापासँग भएको छलफलमा नेपालका लागि जापानी राजदूत मासासी ओगावाले सन् २०१६ जुलाईमा बंगलादेशमा भएको आतंकवादी आक्रमण र त्यस घटनामा जापानी नागरिकले ज्यान गुमाएको दृष्टान्त दिँदै नेपालमा हुनसक्ने सम्भावित आतंककारी गतिविधिबारे चासो राखेका थिए। राजदूत ओगावाले पछिल्लो सुरक्षा अवस्था र आतंकवादबारे छलफल गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

‘नेपालमा रहेका कूटनीतिज्ञ, पर्यटक र अन्य व्यापार–व्यवसाय गर्दै आएका जापानी नागरिकको सुरक्षाप्रति हाम्रो चासो छ’, राजदूत ओगावाको भनाइ उद्धृत गर्दै गृह मन्त्रालयका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘नेपालमा हुनसक्ने आतंककारी गतिविधि र त्यसको नियन्त्रणबारे जापानी राजदूतले चासो राख्नुभयो।’ छलफलक्रममा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रमा पु¥याएको सहयोगका लागि जापान सरकारलाई धन्यवाद दिएको गृहमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। थापाले नेपालमा हुनसक्ने सम्भावित आतंकवादी गतिविधिप्रति नेपाली सुरक्षा निकाय सजग रहेको बताएका थिए।

नेपालमा बर्सेनि करिब २० हजार जापानी पर्यटक भित्रिने गरेको जानकारी दिँदै राजदूत ओगावाले उनीहरूलाई सरकारले दिँदै आएको सुरक्षाप्रति आफूहरू सन्तुष्ट रहेको बताएका थिए। गृहमन्त्री थापाले लगानीको वातावरण बनेको स्पष्ट पार्दै जापानका लगानीकर्ता भिœयाउन आग्रह गरेका थिए। जवाफमा ओगावाले आफूहरू यसमा सकरात्मक रहेको जनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.