परीक्षा केन्द्र पुगेर शिक्षा मन्त्रीले भनेः चिट चोराउने अपराधी हुन्

परीक्षा केन्द्र पुगेर शिक्षा मन्त्रीले भनेः चिट चोराउने अपराधी हुन्

बर्दिबासः शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेल माध्यमिक शिक्षा (एसइई) को परीक्षाा केन्द्र अनुगमनमा घुमिरहेका छन् । उनले शुक्रबार महोत्तरीका परीक्षाा केन्द्रमा पुग्दै आफ्नो परिचय दिएर अनुगमन गरे ।

‘म नेपाल सरकारको शिक्षा, विज्ञा तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल । तपाईहरु राम्रोसँग लेख्नुस् । राम्रो गर्नुस्’, यसो भन्दै उनी परीक्षाार्थीको हौसला बढाइरहेका छन् ।

परीक्षाबारे विद्यार्थीहरुबाट खबर लिएर निस्किन लाग्दा मन्त्री पोखरेलले थपे, ‘महोत्तरीे शिक्षा मन्त्रीको गृह जिल्ला पनि हो । त्यसैले बाबुनानीहरु हो परीक्षामा राम्रो गर्नुपर्छ ।’

मन्त्री पोखरेलले अन्नपूर्णसँगको कुराकानीमा परीक्षामा चिट चोराउन जानेहरु अपराधी रहेको बताए । बिहीबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसइई) को शुक्रबार महोत्तरीमा अनुगमन गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

‘चिट चोराउन जाने शिक्षक, अभिभावक अपराधी हुन्,’ उनले भने, ‘विद्यालयमा पनि नपठाउने अनि घरमा पढ्ने वातावरण पनि बनाउँदैनन् । परीक्षामाचाहिँ विद्यार्थी पास गराउन चिट चोराउन गएर उनीहरको जिन्दगी बर्बाद बनाउनेहरु अपराधी नै हुन् ।’

बर्दिबासस्थित जनता माध्यमिक विद्यालयको परीक्षा केन्द्र अनुगमनका क्रममा उनले, ‘लेटर ग्रेडिङ्ग परीक्षा प्रणालीले परीक्षा केन्द्रको बाहिरी वातावरण बदलियो । तर, कक्षा कोठाको वातावरण अझै बदलिएको छैन ।’

पहिला परीक्षा केन्द्र बाहिर अभिभावकहरुको मेला लाग्ने गरेको बताउँदै मन्त्री पोखरेलले भने,‘ पहुँचवाला शिक्षा प्रणालीलाई निरुतसाहित गर्न सबै लाग्नु पर्छ । गुणमा आधारित शिक्षालाई आत्मसाथ गर्नुपर्छ ।’


सरकारले प्राविधिक शिक्षामा हात अगाडि बढाउने मन्त्री पोखरेलले स्पष्ट पारेका छन् । उनले भने, ‘नेपालको मुलधारको शिक्षा भनेको अब प्राविधिक शिक्षा नै हो । विद्यार्थी पढेर विद्यालयबाट निस्किँदा कमाइ खाने एउटा सीप होस् । हामीले यही चाहेका छौं । पढेर पनि बेरोजगार बस्नु नपरोस् ।’ बालशिक्षामा सरकार र समुदायले गर्ने लगानीले माध्यमिक र उच्च शिक्षाको रुप बललिने उनले बताए ।

मन्त्री पोखरेलले बर्दिबास स्थित देउराली, जनता माध्यमिक परीक्षा केन्द्रको परीक्षा अनुगमन गर्दै महोत्तरीको भंगहातिरको परीक्षा केन्द्र र धनुषाको परीक्षा केन्द्र अनुगमन गरिरहेका छन् ।

नेपालको विकास प्राणाली नै भ्रष्ट

गृहजिल्ला महोत्तरीको बर्दिबास आएका मन्त्री पोखरेललाई बर्दिबास नगरपालिकाले सफल कार्यकालको लागि मेयर विदुरकुमार कार्कीले खादा र माला लगाएर बधाई दिए । बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सुशासन, र प्रविधिको प्रयोगले गरिने विकासले देश समृद्ध बन्छ ।’

नेपालको विकास प्राणाली नै भ्रष्ट रहेको उनले औंल्याए । ‘कमिसन, आर्थिक अनियमितता व्याप्त छ । यसले हामीलाई कुरुप बनायो । विकास जर्जर भयो,’ मन्त्री पोखरेलले भने, ‘सबै कामकाज डिजिटल प्रणालीबाट गर्नुपर्छ ।’ देश र जनताले विकास, सुशासन र समतामुलक न्याय खोजेको उनले बताए ।

आमजनतालाई समृद्ध बनाउनकै लागि सरकारले तीनतिहाइ भन्दा बढी जनतमत पाएको मन्त्री पोखरेलले दावी गरे । जेठ १५ मै सरकारले बजेट ल्याउन लागेको उनले भने, ‘विकासमा वैज्ञानिक दृष्टिकोण निर्माण गर्नुपर्छ ।’ समाजमा व्याप्त रहेको अन्धविश्वास, कुसंस्कारसँग सबै लड्न तयार हुनु पर्नेमा उनले जोड दिए ।

समाचारको लागि फोटो पनि पठाएको छु ।
फोटो क्याप्सन ः परीक्षा केन्द्र अनुगमन गर्दै मन्त्री गिरिराजमणी पोखरेल । तस्वीर,राजकरण महतो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.