ट्याक्टर पल्टिएर किच्दा एकको मृत्यु

ट्याक्टर पल्टिएर किच्दा एकको मृत्यु

फिदिम : फिदिम नगरपालीका –१ स्थित फिदिम फालोट सडक खण्डको साब्राङमा ट्याक्टर पल्टिँदा एक मजदुरको घटनास्थलमै ज्यान गएको छ । शुक्रबार दिउँसो मे १ त २५२३ नम्बरको ट्याक्टर पल्टिँदा इलाम नगरपालिका १० गोदक घर भएका २१ वर्षीय खगेन्द्र खत्रीको मृत्यु भएको हो ।

निर्माणाधिन फिदिम –फालोट सडक खण्डको साब्राङमा मजदुरका रुपमा कार्यरत खत्री आफैंले चलाएको ट्याक्टर पल्टिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतक फिदिम –नांगीन –फालौट सडक खण्डको स्तरवृद्धि गर्ने जिम्मेवारी पाएको गजुरमुखी निर्माण सेवाका मजदुर रहेको बताइएको छ । खत्रीको शव स्काभेटरको सहयोगमा निकालिएको थियो ।

तिव्र गतिमा गुडिरहेको ट्याक्टरमा एक्कासी ब्रेक लगाउदा पल्टिएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत विज्ञान वस्नेतले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.