अाफ्नै भतिजी बलत्कार गर्ने पुष्कर पुनलाई १५ वर्ष कैद

अाफ्नै  भतिजी बलत्कार गर्ने पुष्कर पुनलाई १५ वर्ष कैद

जाजरकोट : आफ्नै दाइकी छोरीलाई बलत्कार गर्ने एकजना अभियुक्तलाई जिल्ला अदालत जाजरकोटले १५ वर्षको कैद सजाय तोकेको छ। भतिजी नाता पर्ने सात वर्षीया बालिकालाई नजिकैको जंगलमा लगि बलत्कार गर्ने शिवालय १ स्यापीका २४ वर्षीय पुष्कर पुनलाई अदालतले १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको हो।

जिल्ला न्यायधिश देवकुमार गिरीको इजलासले उक्त फैसला गरेको हो। दुई वर्षअघि भएको उक्त घटनामा संलग्न पुष्कर घटना लगत्तै फरार छन्। उनलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन। गाउँमै मिलापत्र गरेर घटना गुपचुप पार्न खोजिएपछि पीडित पक्षले मिलापत्र गर्न इन्कार गरेपछि जर्बजस्ती करणीसम्बन्धी मुद्धा दर्ता गरिएको थियो।

हाडनाता करणीमा थप सजाय हुने व्यवस्था कानुनमा भएपनि सरकारी वकिलले उक्त सजाय मागदावी नगर्दा कम सजाय भएको हो। मुद्धाको मिसिल तयार गर्दा हाडनाताबारे जानकारी नहुँदा हाडनाता करणको हदैसम्मको मागदावी नै परेन।


पछि बयान लिँदा मात्र थाह भयो अदालतका नायव सुब्बा सर्पराज खत्रीले भने ‘तर जर्बजस्ती करणीसम्बन्धी यस जिल्लामा भएका फैसलामध्य सबैभन्दा धेरै सजाय तोकिएको यो नै पहिलो घटना हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.