खुमबहादुरको स्वास्थलाभको कामना गर्दै दाङमा पूजापाठ

खुमबहादुरको स्वास्थलाभको कामना गर्दै दाङमा पूजापाठ

दाङ : नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ लाभको कामना गर्दै दाङमा पुजापाठ गरिएको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ को सक्रियतामा तुल्सीपुरको सिद्वेश्वरी (कालिका) मन्दिरमा पुजापाठ गरिएको हो । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष एकराज खड्काले बिरामी रहनुभएका खड्काको स्वास्थ्य लाभको कामना गर्दैै पुजापाठ गरिएको बताए । पुजापाठमा जिल्लाका धेरैजसो नेताहरु, शुभेच्छुकहरु उपस्थित भएका छन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि खड्काको भारतको नयाँदिल्लीमा उपचार भइरहेको छ । मृगौला र बाथसम्बन्धी समस्याका कारण नेता खड्का गम्भीर बिरामी परेका हुन् । पत्नी शिला गौतम खड्कासहित भारतको राजधानी नयाँदिल्लीमा उपचाररत खड्का छन् ।

खड्काले २ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य  खड्का मिर्गौला प्रत्यारोपण गरिए पनि निरन्तर कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी अहिले पनि कांग्रेसको एउटा गुटको नेतृत्व गर्दै पार्टीमा राम्रो प्रभाव छाडिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.