प्रधानमन्त्री भारत जानुअघि एमाले-माओवादी एकता

प्रधानमन्त्री भारत जानुअघि एमाले-माओवादी एकता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि नै पार्टी एकता गर्न प्रस्ताव गरेका छन्। उनले भारत भ्रमणअघि माओवादीसँग नै पार्टी एकताको प्रस्ताव गरेका हुन्। माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले प्रधानमन्त्रीको उक्त प्रस्तावको पुष्टी गरेकी छन्।

औपचारिक घोषणा नभएपनि प्रधानमन्त्री ओलीले चैत २३ गते भारत भ्रमणमा जाने सम्भावना रहेको छ। कम्युनिष्ट पार्टीको स्थापना दिवस पारेर बैशाख १० गते एकता घोषणा गर्ने भनिए पनि प्रधानमन्त्री ओलीले तत्काल एकता गर्ने प्रस्ताव राखेका छन्।

एमाले-माओवादीको कार्यदलका धेरै सदस्यहरु मन्त्री भएका कारणले एकता प्रक्रिया सुस्ताएको थियो। संगठनात्मक, नीतिगत विषयको टुङ्गो लगाउने काम समेत ढिलाई भइरहेको छ।

कार्यदलका अधिकांश मन्त्री भएका कारण बैठक समेत बस्न सकेको छैनन्। प्रधानमन्त्री ओलीले भारत भ्रमण अघि नै एकताको प्रस्ताव गरेका कारण अब कार्यदलको कामले गति लिने एक नेताले बताए ।

माओवादी पनि तयार

नेकपा माओवादी केन्द्रले पनि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै एमालेसँगको एकतालाई टुंगोमा पुर्‍याउनुपर्ने निचोड निकालेको छ ।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले प्रम ओली भारत जानुअघि नै दुई दलबीचको एकतालाई निचोडमा पुर्‍याउनुपर्ने धारणा बनाएको हो ।

माओवादीले एकतालाई चाँडो सक्नुपर्ने बताएसँगै दुई वाम दलबीचको एकतालाई चाँडो टुंग्याउने गरी आवश्यक तयारी थालिएको छ ।

आन्तरिक तयारी तीब्र

दुवै पार्टीले पार्टी एकतालाई अन्तिम टुंगो लगाउने गरी आन्तरिक तथा दुई पक्षीय तयारीलाई तीव्र पारेका छन् । सकेसम्म चैत महिनामै पार्टी एकतालाई निष्कर्षमा पुर्‍याउने गरी तयारी थालिएको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि चैत महिनाभित्रै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्‍याउने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ ।

यसै साता निचोड

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री ‌ओलीले यही चैत २३ देखि भारत भ्रमण गर्ने तालिका दिल्लीबाट सार्वजनिक भएको छ। माओवादीले त्यसअघि नै एकताको अन्तिम टुंगो गर्नुपर्ने जनाएको हो ।

माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले पार्टी एकतालाई चाँडै टुंग्याउने गरी दुवै पार्टीले गृहकार्य अगाडि बढाएको जानकारी दिए ।

'आगामी साता एकता प्रक्रियालाई अन्तिम रुप दिने गरी छलफल अगाडि बढाइएको छ', उनले भने, 'प्रधानमन्त्री भारत जानुअघि नै प्राविधिक एवं सैद्धान्तिक पाटोलाई अन्तिम चरणमा पुर्‍याउने निर्णय भएको छ ।'

एमाले र माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको वैशाख १० गतेका दिन पार्टी एकता घोषणा गर्ने बताउँदै आएका थिए । तर सो समयसीमा भन्दा अगावै पार्टी एकता गर्ने गरी तयारी गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.