२० बर्से पुराना गाडी जफत गर्दै प्रहरी

२० बर्से पुराना गाडी जफत गर्दै प्रहरी

भैरहवा : सरकारले २० बर्से पुराना सवारीसाधन सञ्चालनमा रोक लगाएपछि जिल्ला ट्राफिक कार्यालले रूपन्देहीमा त्यस्ता गाडी जफत गर्ने अभियान नै चलाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले २० वर्ष पुराना ५ वटा ट्रक जफत गरेको जनाएको छ। सरकारले दिएको निर्देशनअनुसार ट्राफिकले थालेको अनुगमन तथा कारवाहीमा ५ वट्रा ट्रक जफत गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

अधिक प्रदूषण र सवारी दुर्घटना बढेको भन्दै सरकारले सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरी चैत १ गतेदेखि देशभरिका सडकमा २० बर्से पुराना सार्वजनिक यातायात गुड्न रोक लगाएको थियो। सरकारले लगाएको रोकलाई अटेर गर्दै चलाएको भन्दै प्रहरीले ट्रकसहित लाइसेन्स, रुटपरमिट, जाँचपास ब्लुबुक जफत गरेर यातायात व्यवस्था कार्यालय पठाएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सवारीसाधन हटाउनेसम्बन्धी निवेदन दिन व्यवसायीलाई सूचित गरेको थियो। त्यस अवधिमा १ सय २७ वटा पुराना सवारीसाधन हटाउन १४ वटै अञ्चल कार्यालयमार्फत विभागमा निवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ।

विभागको अनुसार देशभरि २० बर्से पुराना सवारीको संख्या १६ हजार ९ सय ६१ रहेको छ। सरकारले हरियो प्लेट, मिटर ट्याक्सी र अन्य सार्वजनिक यातायातका सवारीलाई २० बर्से नियम लगाएको हो।

सिद्धार्थ यातायात व्यावसायी समितिका वरिष्ठ उपाध्यक्ष सुनीलराज विष्टले सरकारको निर्णय सबैका लागि समान हुनुपर्ने बताए।


देशभरि २० बर्से पुराना सवारीको संख्या १६ हजार ९ सय ६१ रहेको छ।

उनले प्रदूषण र दुर्घटना सार्वजनिक, हरियो प्लेट र ट्याक्सीले मात्रै नगरी सरकारी र निजी नम्बरका २० बर्से पुराना गाडीले पनि गर्ने हुँदा यो नियम सबैमा लागु हुनुपर्नेमा जोड दिए। उनले सरकारी र निजी सवारीसाधन नहटाउँदासम्म प्रदूषण र दुर्घटना न्यून नहुने जिकिर गरे।

‘मोडिफाई’ मोटरसाइकल पनि नियन्त्रणमा

त्यस्तै साइलेन्सर परिवर्तन तथा स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाउनेहरू पनि कारवाहीको दायरामा आएका छन्। प्रहरीले मोटरसाइकलको साइलेन्सर परिवर्तन तथा स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गराउने २ सय बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ।

साइलेन्सर परिवर्तन गरिएका त्यस्ता मोटरसाइकलविरुद्ध कारवाही थालेको महिना दिनभित्रै पश्चिम नेपाल ट्राफिक प्रहरी कार्यालय बुटवल र जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीले २ सय बढी मोटरसाइकल नियन्त्रणमा लिएको छ। वडा प्रहरी कार्यालय भैरहवाले पनि ३० वटा बढी मोटरसाइकल नियन्त्रणमा लिएको जानकारी गराएको छ। नियन्त्रणमा लिइएका मोटरसाइकलमध्ये १८ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल पनि उनले बताए।

प्रहरीले नियन्त्रणमा लिएका मोटरसाइकल चालकलाई सोही कम्पनीकै साइलेन्सर ल्याएर हाल्न लगाउने र साइलेन्सर परिवर्तन गरेबापत जरिवानास्वरूप एक हजार रुपैयाँ राजस्व कटाएर मात्रै छाड्ने गरेको बताएको छ। स्वरूप परिवर्तन गरिएका मोटरसाइकलबाट मात्रै दुई लाख बढी राजस्व संकलन भएको प्रहरीले जनाएको छ।

कानुनतः यातायात व्यवस्था विभाग÷कार्यालयले गर्नुपर्ने काम भए पनि जनगुनासो अत्यधिक बढेपछि ट्राफिक र जनपथ प्रहरीले पनि कारवाही थालेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए।

मोट्ररसाइकलको स्वरुप परिवर्तन र साईलेन्सर परिर्वतन गरेर चलाउनेमा १६ देखि ३० बर्ष उमेरका युवाहरू बढि रहेको तथ्याङ्कले देखाएको छ। प्रहरीले राखेको तथ्याङ्कमा भारतीय डाक्ट्रर देखि ठुला ठुलो व्यवसायिका छोराछोरी र बिद्यार्थी समेत रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.