बाजुरामा हिंसा र जाँडरक्सी प्रतिबन्धित वडा घोषणा

बाजुरामा हिंसा र जाँडरक्सी प्रतिबन्धित वडा घोषणा

बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ लाई महिला हिंसा, जुवातास र जाँडरक्सी नियन्त्रण तथा प्रतिबन्ध वडा घोषणा गरिएको छ। गाउँपालिकाको समन्वयमा वडा स्तरीय महिला मञ्चले वडालाई हिंसा, जुवातास र जाँडरक्सी प्रतिबन्ध वडा घोषणा गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष प्रेमबहादुर थापाले वडावासी महिलाको पहलमा गाउँमा महिला हिंसा, जुवातास र जाँडरक्सी प्रतिबन्धित भइ नमूना गाउँ बनेकोले समाजलाई सकरात्मक सन्देश दिएको बताए। उनले सिंगो नगरपालिकालाई यसले सन्देश दिने उनले बताए।

रोजगारमूलक काम सिर्जना गरेर गाउँलाई आत्मनिर्भर बनाउन पहल गर्ने आश्वासन उनले दिए। महिला हिंसाले बाजुरा मात्र नभई देशैभर जरो गाडेको बेला वडाका महिला दिदीबहिनीले उदाहरणीय काम गरेको उनले बताए।

वडा स्तरीय महिला मञ्चका अध्यक्ष जानकी तिरुवाले गाउँमा हुने सबै खाले हिंसाबाट मुक्तिका लागि कदम चालिएको बताइन्। अरु ठाउँका महिलालाई पनि यो कदम अनुकरणीय हुने उनको विश्वास छ।

महिला हिंसा, जुवातास र जाँडरक्सीले गर्दा सामाजिक विकृति फैलिएकोले यसको न्यनीकरणका लागि वडामा यस्ता काममा प्रतिबन्ध लगाइएको उनको भनाई छ। जाँडरक्सी पिएर होहल्ला हुने, महिला हिंसा वृद्धि हुने, जुवातासले धनसम्पत्ति सकिने र युवाहरू बिग्रने भएपछि यस्तो कदम चालिएङ्को उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.