अस्थायी पुलबाट खसेर मृत्यु
जाजरकोट : खोला तर्ने क्रममा काठको लाप्को (अस्थायी पुल) बाट लडेर जाजरकोटमा एक जनाको मृत्यु भएको छ। बारेकोट गाउँपालिका ७ का ४० वर्षीय कालीबहादुर नेपालीको मृत्यु भएको हो।
काठमाडौंबाट घर फर्कँदै गरेका नेपालीको नलगाड ५ स्थित नलसिंहगाड तर्ने क्रममा मंगलवार विहान लाप्कोबाट चिप्लिएर घटनास्थलमै ज्यान गएको स्थानीय बासिन्दा गोविन्दबहादुर सिंहले जानकारी दिए। ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी टोली घटनास्थल हिँडेको प्रहरीले जनाएको छ।