गर्भवती भएपछि खुल्यो बलात्कार

गर्भवती भएपछि खुल्यो बलात्कार

  • १२ वर्षीया बालिका बलात्कारपछि गर्भवती
  • बिरामी पर्न थालेपछि सोधपुछ गर्दा रहस्य खुल्यो
  • बलात्कार घटना दबाउन खोज्ने अभियुक्त हिरासतमा
  • आफू बलात्कृत भएको भन्दै दुई जनाविरुद्ध उजुरी

फुङलिङ : एक १२ वर्षीया बालिका बलात्कारपछि गर्भवती भएको खुलेको छ। फुङलिङ बजारमा बसोबास गर्दै आएकी बालिकाकी आमाले छोरी गर्भवती भएको थाहा पाई प्रहरीमा उजुरी दिएपछि बलात्कार घटना सार्वजनिक भएको हो।

पीडितकी आमाले चैत ९ गते पाँचथरको हिलीहाङ गाउँपालिका घर भएका ३३ वर्षीय राम राईविरुद्ध ताप्लेजुङ जिल्ला प्रहरीमा उजुरी दिएकी थिइन्। अभियुक्त राई अहिले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको हिरासतमा छन्। पीडित परिवारको जाहेरीमा राईले बालिकाकी आमा झापा गएको मौका छोपी कोठामा बहिनीसँगै बसेकी उनलाई रातका समयमा मुख थुनी जबरजस्ती करणी गरी गर्भवती बनाएको र यो रहस्य नखोल्न दबाब दिएको उल्लेख छ।

‘मंसिरमा म उपचारका लागि झापा गएको बेला राति छोरीहरू सुतिरहेको समयमा ढोका फोडेर भित्र छिरी जबर्जस्ती गरेछ’, पीडितकी आमाले भनिन्, ‘त्यसपछि घटनाबारे कसैलाई भनिस् भने पहिले तँलाई मारिदिन्छु, त्यसपछि तेरो बाबुआमा सबैलाई मार्छु भनेर धम्की दिएको रहेछ।’

छोरी एक्कासि बिरामी पर्न थालेपछि सोधपुछ गर्दा यस्तो बताएको उनले सुनाइन्। बालिकाका बाबु मिस्त्री काम गर्छन् भने उनी चटपटे व्यवसाय गर्दै आएकी छन्। स्वास्थ्य परीक्षणपछि बालिकाको चार महिनाको गर्भ रहेको पुष्टि भएको ताप्लेजुङका प्रहरी प्रमुख ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

छोरीको गर्भ रहेपछि चिन्तित बनेकी आमाले सहज उपचार गरी जीवन बचाइदिन याचना गरेकी छन्। आर्थिक अवस्था कमजोर रहेको भन्दै उनले जिल्ला तहमा सम्भव नहुने भएकाले सुगममा लगेर उपचार गराई छोरीको जीवन बचाइदिन आग्रह गरेकी हुन्।

‘मेरो घरको अवस्थाले नाबालक छोरीको उपचार गर्न सम्भव छैन’, उनले भनिन्, ‘यदि कसैले दया राखेर छोरीको उपचार गरिदिए उसको जीवन बच्न सक्थ्यो।’ नाबालक छोरीले पेटमा भएको बच्चालाई जन्मदिन सक्ने अवस्था नरहने उनको भनाइ छ।

पहिले हृष्टपुष्ट रहेकी छोरीको शरीर अहिले पहेंलो भएको उनले सुनाइन्। उनका अनुसार बालिकाको गर्भपतन यहाँ हुन नसक्ने भन्दै जिल्ला अस्पतालले रिफर गरिसकेको छ। ‘जसरी छोरीको ज्यान बच्छ उसरी नै उपचारका लागि सबैसँग आग्रह गर्छु’, उनले भनिन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको महिला सेलमा कार्यरत रविना राईका अनुसार कलिलै उमेरकी बच्चीको पेटमा रहेको गर्भको समयमै व्यवस्थापन नभए गर्भवती बालिकाको जीवन जोखिममा पर्न सक्छ।

दुईविरुद्ध उजुरी

ताप्लेजुङकै मैवाखोला गाउँपालिका निवासी एक महिला चैत १० गते बेलुकी बलात्कृत भएकी छन्। ती ३३ वर्षीया महिलाले आफू बलात्कृत भएको भन्दै दुई जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्। सदरमुकामबाट घर घर जाँदै गरेका बेला बाटोमा दुई जनाले बलात्कार गरेको उनको उजुरीमा उल्लेख छ। घटनापछि फरार ती युवकको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.