छोरी पाएको एक घण्टामै सुत्केरीले एसईई दिइन्

छोरी पाएको एक घण्टामै सुत्केरीले एसईई दिइन्

बेनी : म्याग्दीको एक परीक्षा केन्द्रमा मंगलबार एक घण्टाकी सुत्केरीले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएकी छन्। बिहानैबाट सुत्केरी व्यथा लागेपछि ताकम स्वास्थ्य चौकी पुगेकी ताकम माविकी २१ वर्षीय फुलमायाँ केसीले ७ बजे स्वास्थ्य चौकीमै छोरी जन्माएकी थिइन्।

केसीले परीक्षा दिन सक्ने जनाएपछि परिवार, स्वास्थ्यकर्मी र स्थानीयको सहयोगमा स्ट्रेचरमा राखेर ८ बजे नै हेम मावि सिवाङ परीक्षा केन्द्रमा पुर्‍याइएको थियो। जिल्लाको धौलागिरी गाउँपालिका–६ ताकमकी केसीले एक वर्षअघि विवाह गरेकी थिइन्। विवाह पछि उनले अध्ययनलाई निरन्तरता दिएको विद्यालयले जनाएको छ।

एसईई चलेकै बेला जन्मिएकी केसीकी छोरीका नाम प्रवेशिका राखिएको छ। उनको तौल ३ केजी छ। आमा र बच्चा दुवैको अवस्था सामान्य रहेपछि स्वास्थ्यकर्मीले सुत्केरी विद्यार्थी केसीलाई परीक्षामा सहभागि हुन अनुमति दिएको थियो।

उनलाई स्टेचरमा परीक्षा केन्द्र लैजाँदै। तस्बिर सौजन्यः स्रोत व्यक्ति गिरिप्रसाद छन्त्याल।

सुत्केरीलाई छुट्टै कक्षामा स्वास्थ्यकर्मीर सहयोगीको निगरानीमा परीक्षा दिने व्यवस्था मिलाइएको श्रोतव्यक्ति गिरिप्रसाद छन्त्यालले जानकारी दिए। ‘तुलनात्मक रुपमा विज्ञान विषय आफूलाई सजिलो हुने भएकाले परीक्षामा दिन्छु भनिन् र तोकिएको समयसम्म परीक्षा पनि दिइन्, स्रोतव्यक्ति छन्त्यालले भने, 'उनले चाहेको भए समय पनि थप गर्न सकिन्थ्यो।' केन्द्रमा २ सय २३ जना परिक्षार्थी परीक्षामा सहभागी छन्।

उक्त केन्द्रबाट मालिका गाउँपालिकाको देविस्थानको भीम मावि र गौमवस्त्र माविका विद्यार्थी समेत सहभागी छन्।जिल्ला शिक्षा कार्यालयका अनुसार, जिल्लामा यसवर्ष कुल २ हजार ३ सय ३९ जना विद्यार्थीले एसईई दिइरहेका छन्। ५ जना दृष्टिबिहीन, १ हजार १ सय ६९ छात्रा र १ हजार १ सय ५७ छात्र रहेको जिशिकाका विद्यालय निरीक्षक रेग्मीले जानकारी दिए।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.