प्रादेशिक प्रहरी भर्ना तयारी
पर्सा : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संंघलाई सहमतिका लागि पठाइएको जानकारी दिए ।
दुई हजार ६ सय १७ औँ महावीर जन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभाले बिहीबार आयोजना गरेको कार्यक्रम उनले संघीय सरकारको सहमतिपछि प्रादेशिक प्रहरी भर्ना सुरु हुने बताए ।
उनले प्रदेश सकारले प्रहरी भर्ना गरेपछि अपराध न्यून भइ सुशासन कायम हुने जिकिर गरे । सोही अवसरमा प्रदेश २ का भौतिक पूर्वधार तथा योजनामन्त्री जीतेन्द्र सोनलले वर्ग, क्षेत्र र जातिबीचको विभेदलाई हटाउँदै राजनीतिक रुपमा सबै नागरिकलाई समान अधिकार दिए मुलुकमा दिगो शान्ति कायम हुने बताए ।
पर्साको ठोरीलाई ३ नम्बर प्रदेशमा मिलाउने भनी सोही प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्त गरेको भनाइको प्रतिवाद गर्दै मन्त्री सोनलले पर्सा जिल्लाको एक इञ्च भूभाग पनि कसैलाई नदिइने प्रष्ट पारे । रासस