हामी देशका लागि १४ वर्ष जेल र १४ वर्ष वनबास बस्यौँ : प्रचण्ड

हामी देशका लागि १४ वर्ष जेल र १४ वर्ष वनबास बस्यौँ : प्रचण्ड

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू १४ वर्ष वनबास र एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली १४ वर्ष जेलबास बसेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको २० औं वार्षिकोत्सवमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले यसो हिसाब गरें। प्रधानमन्त्रीज्यू १४ वर्ष जेलबास बस्नुभयो, म चाहिँ १४ वर्ष वनबास बसेँ। हाम्रो त्यो संघर्ष केका लागि थियो ? देशको समृद्धि र विकासका लागि हो। अब हामीले भाषण होइन, एक्सनमा जानुपर्छ।’

नेपाली मिडिया लोकतन्त्रका लागि लडेको र अब पनि मिडियाका चुनौती र अवसर दुवै भएको बताएका छन्।
‘नेपालका मिडिया लोकतन्त्रका लागि लडेका छन्। संघर्ष गरेका छन्, अब समृद्धि र आर्थिक विकासका लागि संकल्प गर्नुपर्छ’ प्रचण्डले भने, ‘हाम्रा अगाडि अवसर र चुनौती दुवै छन्। हामी यसमा सफल हुनैपर्छ।’

उनले अहिले वाम गठबन्धन अग्नि परीक्षामा रहेको समेत बताए। ‘प्रधानमन्त्री र म अग्नि परीक्षामा छौं। जनताले हाम्रा मुद्दालाई विश्वास गरे र अनुमोदन गरे’ प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीजीलाई पनि त्यही भनेको छु, अब कुरा होइन, काम गरौं।’

प्रचण्डले ठूलो क्षति र पीडाको बीचबाट गुज्रेपछि नै राष्ट्रले छिटो–छिटो समृद्धिको महायात्रा सम्पादन गरेको इतिहास रहेकाले अब नेपालीलाई पनि त्यो अवसर आएको बताए। ‘अहिले प्रधानमन्त्री केपी ओली झण्डै दुई तिहाई बहुमत र जनताको अभिमतसहित प्रधानमन्त्री हुनुहुन्छ ’, उनले भने, ‘लामो समयसम्मको राजनीतिक अस्थिरताको युग समाप्त गर्ने एउटा अवसर सरकारलाई प्राप्त छ। यो अवसरको सदुपयोग गर्न सबैले संकल्प गरौँ।’

उनले छिमेकीसँगको सम्बन्धलाई अब लाभको अवसरको रुपमा सदुपयोग गर्ने समय आएको प्रष्ट पारे। ‘हामीले लामो समयसम्म नेपालमा विदेश नीतिको सन्दर्भमा फुटाउ र राजगर भन्याजस्तो कसैलाई प्रो इण्डियन कसैलाई प्रो चाइनिज कसैलाई प्रो मोनार्की कसैलाई प्रो कांग्रेस भनाउने र त्यसरी नै राजनीति गर्ने र कहिल्यै पनि राष्ट्रिय एकता हुन नदिने, छिमेकीहरुसंगको सम्बन्धलाई सन्तुलिन बनाएर नेपालराष्ट्र र नेपाली जनताको हितमा त्यसलाई सदुपयोग गर्ने वातावरण बन्न दिइएन’ प्रचण्डले भने, ‘तर, अब समय फेरीएको छ। नेपाली जनता सार्वभौम भएका छन, अब नेपाली जनतालाई विभाजीत गर्ने होइन नेपाली जनतालाई एकताबद्ध गर्ने राजनीति, अब हामी कसैको प्रो होइन, हामी प्रो नेपाल, प्रो नेपाली र हाम्रा दुवै छिमेकीसँग राम्रो छिमेकी सम्बन्ध र विकासका लागि दुवैबाट लाभान्वित हुने मैले त्यो अवसर प्राप्त गरेँ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.