संसदीय दलको बैठक छल्दै मुख्यमन्त्री पौडेल

संसदीय दलको बैठक छल्दै मुख्यमन्त्री पौडेल

हेटौंडा : प्रमुख सत्तारुढ दल एमालेले प्रदेश ३ मा सरकार गठन गरेको डेढ महिना बितिसक्दा पनि प्रदेश संसदीय दलको बैठक राख्न सकेको छैन। लामो समय बितिसक्दा पनि संसदीय दलको बैठक राख्न नसकेपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दल छलेर काम गर्न थालेको भन्दै पार्टीभित्र आलोचना सुरु भएको छ।

प्रदेश सरकारमा सहभागी एमालेका मन्त्री तथा विभिन्न समितिका सभापति समेत संसदीय दलको बैठक नबसी छनोट गरिएको थियो। एमाले ३ नम्बर प्रदेश कमिटीले मुख्यमन्त्री पौडेललाई पार्टीसँग सहकार्य गरेर मात्र सरकार सञ्चालन गर्न भनेको थियो। तर, उनले संसदीय दल समेत छलेर सरकार सञ्चालन गरिरहेको भन्दै पार्टीभित्र आलोचना सुरु भएको हो।

प्रदेशसभा सदस्य तथा एमाले नेता राजेन्द्र पाण्डेले संसदीय दलको बैठक लामो समयसम्म राख्न नसक्नु संसदीय दलको नेताको कमजोरी भएको बताए । ‘उहाँले संसदीय दलको बैठक राख्न आलटाल गरिरहनुभएको छ’, उनले भने, ‘पार्टी र संसदीय दललाई बाइपास गरेर सरकार सफल हुँदैन।’

संसदीय दलको बैठक नराख्दा सरकार सञ्चालन गर्न सहज भएकाले बैठक नबोलाइएको हुनसक्ने पाण्डेको भनाइ छ। ‘प्रदेश सरकार छ कि छैन भन्ने जनताले महशुस गर्न नसक्नु राम्रो संकेत होइन’, उनले भने, ‘संसदीय दलको बैठक नबसी नहुने विषयमा समेत बैठक डाकिएको छैन।’ विभिन्न समितिका सभापति चयन गर्न बैठक डाक्नुपर्नेमा कस्लाई पठाउने भन्ने जानकारी समेत नपाएको पाण्डेको भनाइ छ।

आलोचना हुने डरले मुख्यमन्त्री पौडेलले संसदीय दल छलेर काम गरिरहेको एक नेताले बताए। ‘संसदीय दलभित्र उनी भन्दा वरिष्ठ नेता धेरै छन्, त्यसैले पनि दलभित्र खासै छलफल गर्न रुची नदेखाएको हुनसक्छ’, उनले भने। एमाले ३ नम्बर प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीको वेवास्थाले दलको बैठक राख्न नसकेको बताइन्। ‘एक पटक बस्नेकी भन्ने सल्लाह भएको थियो। तर, मैले भ्याइन’, उनले भनिन्, ‘त्यसपछि छलफल भएको छैन। बैठक राखेर नियमित छलफल गरी अघि बढे उहाँलाई नै राम्रो हो।’

मुख्यमन्त्री तथा एमाले प्रदेश संसदीय दलका नेता पौडेलले छिट्टै नै संसदीय दलको बैठक राखिने बताए। ‘यही २२-२३ गतेतिर दलको बैठक राख्ने सोचमा छु’, उनले भने, ‘बैठक नबसेपनि सबैको सल्लाह अनुसार काम गरिरहेको छु।’ व्यस्ततासँगै बस्नैपर्ने विषय नभएकाले बैठक नराखिएको पौडेलको भनाइ छ।

पौडेल गत माघ २८ गते मुख्यमन्त्री नियुक्त भएका थिए। प्रदेश ३ मा एकसय दश प्रदेशसभा सदस्यमध्ये ५८ जना एमालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.