दिल्ली पुगेर ओलीले पहिलो दिन कस–कसलाई भेटे ?
नयाँदिल्लीः भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा तीन दिने राजकीय भ्रमणमा शुक्रबार नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक भेटघाटमा व्यस्त छन् ।
ओलीले दिल्लीमा सबैभन्दा पहिले भारतीय वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेटवार्ता गरे । त्यस लगत्तै प्रतिपक्षी दल भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धी र भारतीय पूर्व प्रधानमन्त्री डा। मनमोहन सिंहसहितको टोलीले प्रधानमन्त्री ओलीलाई राष्टपति भवनमा भेट गरेको छ ।
सँगै भारतीय राष्टि«य सुरक्षा सल्लाहकार अजित दोभालले भेट गरेका थिए । दोभालसँगको भेटलाई प्रधानमन्त्री मोदीसँगको भेटको तयारीका रुपमा बुझिएको छ ।
शिष्टाचार भेटमा नेपालको वर्तमान राजनीतिक अवस्था र नेपाल भारत सम्बन्धका बारे छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताएका छन् ।
मोदीसँग ओलीले दिल्लीस्थित उनकै सरकारी निवासमा भेट्दैछन् । डिसेम्बरमा कांग्रेस आईको अध्यक्षको पदभार ग्रहण गरेका राहुल गान्धीले भने नेपालका उच्च राजनीतिकको रुपमा भेट गरेका ओली पहिलो राजनीतिज्ञ हुन् । त्यसैगरी साँझ प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग डेढ घण्टा वार्ता गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !