तस्बिरमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदी बीचको भेटवार्ता

तस्बिरमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदी बीचको भेटवार्ता

नयाँदिल्लीः नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भइरहेको छ । ओली र मोदीबीच शुक्रबार साँझ सात बजेदेखि भेटवार्ता सुरु भएको हो । दुई नेताबीच वान टु वान वार्ता भइरहेको छ । ओलीले मोदीलाई दिल्लीको लोककल्याण मार्गस्थित सरकारी निवासमा पुगेर भेटेका हुन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र भारतमा रहेका नेपाली समुदायबीच साँझ ५ बजेपछिको अन्तरक्रिया सकेपछि मोदीसँग भेटवार्ता सुरु भएको हो ।

ओलीले दिल्ली ओर्लिएपछि सबैभन्दा पहिले भारतीय वरिष्ठ राजनीतिज्ञ शरद यादवसँग भेटवार्ता गरे । त्यस लगत्तै प्रतिपक्षी दल भारतीय काँग्रेस आईका अध्यक्ष राहुल गान्धी र भारतीय पूर्व प्रधानमन्त्री डा। मनमोहन सिंहसहितको टोलीले प्रधानमन्त्री ओलीलाई राष्टपति भवनमा भेट गरेको छ ।

ओलीसँग पूर्व चीफ एबी माथुरसँगको भेटपछि भारतीय राष्टिय सुरक्षा सल्लाहकार अजित दोभालले भेट गरेका थिए । दोभालसँगको भेटलाई प्रधानमन्त्री मोदीसँगको भेटको तयारीका रुपमा लिइएको थियो ।

ओलीले शुक्रबारै सबैभन्दा पहिले भारतीय व्यापारीहरुसँग अन्तरक्रिया गरेर नेपालमा लगानीका लागि आश्वस्त बनाएका छन् । उनले नेपालमा नयाँ युग सुरु भएको बताउँदै लगानीका लागि कुनै समस्या नरहेको पनि व्यापारीहरुसँग बताएका थिए ।

तस्बिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटरबाट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.