सलमान खान दुई दिनमै जेलबाट रिहा

सलमान खान दुई दिनमै जेलबाट रिहा

जोधपुर: कालो हरिण मारेको मुद्दामा दोषी ठहरिएर जेल पुगेका बलिउड अभिनेता सलमान खान दुई दिनमै रिहा भएका छन् । राजस्थानको जोधपुर केन्द्री जेलमा दुई दिनदेखि बन्दी सलमानलाई अदालतले जमानतमा रिहा गरिदिएको हो ।

कालो हरिण मारेको अभियोगमा सलमानविरुद्ध २० वर्षदेखि अदालतमा मुद्दा चलेको थियो । हरिण शिकारमा दोषी पाइएपछि जेल पुगेका सलमानलाई अदालतको यो आदशेले ठुलो राहत दिएको छ ।

अदालतका न्यायाधीश रवीन्द्र कुमार जोशीले सलमानलाई २५-२५ हजार धरौटी लिएर सशर्त जमानत दिएका हुन् । सलमानलाई जमानत मिलेको समाचार सुन्नेबित्तिकै अदालत बाहिर जम्मा भएका उनका समर्थक र फ्यानहरुले खुसीयाली मनाएका छन् । सलमानलाई शिकारको मामिलामा ५ वर्षको जेल सजाय भएको थियो ।

 सलमानका वकील महेश बोडाका अनुसार २० वर्ष पुरानो यो मुद्दामा उनी हरेक पटक जमानतमा रहँदै आएका छन्। सलमानले हरेक पटक अदालतको आदेशको पालना गरेको बताउँदै उनले यस्तोमा जमानत दिन माग गरिएको बताए ।

यसबारेमा सरकारी वकील पोकररामले साक्षी र र पोस्टमार्टम रिपोर्टबाट सलमानले गोली हानेर कालो हरिणको शिकार गरेको पुष्टि भएको बताएपछि दोषी ठहर गरिएको थियो । उनले यस्तो घटनामा जमानत दिन नसकिने तर्क गरेका थिए ।

यसैबीच सलमानका वकील महेश बोडालाई अन्डरवर्ल्ड डन रवि पुजारीबाट मार्ने धम्की आएको खुलासा भएको छ । बोडाका अनुसार बिहीबार साँझ इन्टरनेट फोनबाट आफूलाई धम्की आएको बताए । उनले पटक पटक आएको कल नउठाउँदा शुक्रवार बिहानसम्म ८ देखि १० वटा धम्कीयुक्त सन्देश आएको बताए । रवि पुजारीको नाममा आएको म्यासेजमा उनलाई सलमानको मुद्दा नछाडेमा मारिदिने धम्की आएको हो।

कहिले भएको थियो शिकार ?

१ अक्टोबर १९९८ को रात सलमान र उनका साथीहरुले जोधपुर नजिकै कांकाणी गाउँमा संरक्षित वन्यजन्तुमा रहेको दुई कालो हरिणको शिकार गरेका थिए । गाउँलेका अनुसार गोलीको आवाज सुनेपछि उनीहरुको पिछा गरिएको थियो । यिनमा कयौँ गाउँलेले सलमानलाई पनि देखेका थिए । त्यसपछि मारिएको हरिणलाई पोस्टमार्टमका लागि वन विभाग पठाइएको थियो । त्यसपछि सलमान यही मामिलामा गोली चलाउने प्रमुख व्यक्ति बने ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.