एमाले वरिष्ठ नेता माधव नेपाल चीन प्रस्थान
काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार चीन प्रस्थान गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपाल आइतबार सांघाई को–अपरेशन अर्गनाइजेसन समिट (एससीओ)मा सहभागी हुन चीनको सियान सहरतर्फ प्रस्थान गरेका हुन्।
त्यहा नेता नेपालले आफ्नो भनाइ राख्ने कार्यक्रम रहेको उनका सहयोगी मोहन गौतमले जानकारी दिए। नेता नेपाल सहभागी हुने समिटमा नेपालसँगै भारत, चीन, श्रीलंका, पाकिस्तान, टर्कीलगायत देशका नेता सहभागी हुँदै छन्।
नेता नेपालसँगै नेपालको तर्फबाट एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि चीन गएका छन्। नेताहरु चार तीन दिनपछि स्वदेश फर्किने छन्।
प्रतिक्रिया दिनुहोस !