बालुवाटारमा मन्त्रिपरिषद बैठक : आईजीपी नियुक्त हुँदै
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्दै छ ।
नेपाल प्रहरीका डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा छ । डीआईजीमा बढुवा हुँदा पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहेका खनाल, खरेल र कार्कीमध्ये एकजना आईजीपी बन्ने अनुमान गरिएको छ।
अन्य डीआईजीहरुको चर्चा भए पनि पहिलो सूचीमा रहेका तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले आईजीपी बनाउँने छ। त्यसैगरीा सशस्त्र प्रहरीमा भने शैलेन्द खनाल र पुष्कर केसी प्रतिस्पर्धामा छन् । सशस्त्रको नयाँ आईजीपी दुईजनाको प्रतिस्पर्धाबाट हुँदै गर्दा नेपाल प्रहरीको आईजीपीमा भने तीन जनाबीच चर्को प्रतिस्पर्धा देखिन्छ ।
नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्रका आईजीपी सिंहबहादुर श्रेष्ठ बुधबारबाट ३० वर्षे सेवा अवधिका कारण अवकाश हुँदैछन् ।
को बन्ला प्रहरी महानिरीक्षक ? यस्ता छन् दाबेदार
प्रधानमन्त्री ओली शीतल निवासमा ?
प्रतिक्रिया दिनुहोस !