गाउँकै स्वास्थ्यचौकीमा ‘ल्याव’

गाउँकै स्वास्थ्यचौकीमा ‘ल्याव’

देविस्थान(प्यूठान) : माण्डवी गाउँपालिका क्षेत्रमा पर्ने दुर्गमका अधिकांश नागरीकहरुले ‘ल्याव’ सेवा नहुँदा वर्षौदेखि समस्या भोग्दै आएका थिए। ल्याव परीक्षणका लागि स्थानीयवासी जिल्ला अस्पताल विजुवार, प्राथमिक स्वास्थ्यकेन्द्र भिंगृ लगायत स्थानमा पुग्नुपर्ने बाध्यता थियो।

तर, गाउँपालिकाले बुधबारदेखि पालिकाको केन्द्रमा संचालित देविस्थान स्वास्थ्यचौकीबाट प्रयोगशाला सहितको सेवा सुचारु गरेपछि स्थानीय हौसिएका छन्। वर्षौदेखिको उनीहरुको माग पुरा भएको छ। ‘पहिलो दिनमै रगत जाँच गराए’,माण्डवी गाउँपालिका–३ का स्थानीय वृद्ध गिरीराज पौडेलले भने,‘बुढेशकालमा घर छाडेर बाहिर जान नसकिने। घर अगाडिकै स्वास्थ्यचौकीबाट दिसापिसाप, खकार जाँच्न पाइने भयो।’ आफूजस्तै गाउँका सयौँ बृद्धबृद्धाहरु सेवाबाट लाभान्वित भएको उनले सुनाए।

माण्डवी गाउँपालिकाभित्र पर्ने तिराम, मर्कावाङ, उदयपुरकोट, देविस्थान, रम्दीसहित छिमेकी गाउँ तिराम, कोचिवाङ र धुवाङ क्षेत्रका नागरिकहरुले ल्यावको सेवाबाट प्रत्यक्ष लाभ लिनेछन्। बुधबारदेखि सेवाको थालनी गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोका मगरले जानकारी गराए। ‘कतिपय दुर्गम गाउँका सेवाग्राहीलाई ल्यावको सेवा नहुँदा बढी खर्च गरेर बाहिर जानुपर्ने बाध्यता थियो’,उनले भने,‘नागरिकहरुको मागलाई ध्यानमा राखेर बजेट विनियोजन गरेका थियौँ।’

दिसा÷पिसाव, रगत, खकार, सुगर, यूरिक एसिड, जण्डिस, एचआइभी, हेपटाइटिस लगायत ३० थरीको ल्यावबाट जाँच गर्न सकिने सुविधा रहेको स्वास्थ्य संयोजक धुर्वकुमार पोखरेलले जानकारी गराए। ‘जिल्ला अस्पतालबाट हुने सेवा गाउँपालिकाको केन्द्रबाटै दिइने गरी अघि बढेका छौँ’,उनले भने,‘दुर्गमका कतिपय सर्वसाधरणले ल्याव परिक्षण गर्दैनन्। चालु आर्थिक वर्षका लागि विनियोजित अढाईलाख रुपैयाँ लगानीबाट सेवा सुचारु गरिएको पोखरेलले बताए।

प्रयोगशालाबिना कुनैपनि रोगको उपचार गर्न संभव नरहेको जिल्ला जनस्वास्थ्य कार्यालय प्यूठानका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिए। ‘चिकित्सकले व्यक्तिको आँखा, अनुहार हेरेर औषधि दिन मिल्दैन’,उनी भन्छन्,‘ल्यावको रिर्पोटका आधारमा मात्र चिकित्सकले थप उपचार अघि बढाउने हुन्।’

जिल्लाका दुर्गम क्षेत्रका नागरिकहरुले ल्याव परिक्षणबिनानै औषधि प्रयोग गर्ने गरेको उनले अनुभव सुनाए। ‘वर्षौदेखिको रोग ल्याव परीक्षणपछि निको हुने गरेको पाइएको छ’,सुवेदीले भने,‘सरकारले स्वास्थ्यचौकीमा ल्याव सेवा दिएको छैन्। स्थानीय तहले सेवा सुचारु गरेका छन्।’ माण्डवी सहित ऐरावती, नौवहिनी, झिमरुक, सरुमारानी गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा समेत ल्यावसेवा थालिएको उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.