छोरा जन्माउन छवटी श्रीमती

छोरा जन्माउन छवटी श्रीमती

रोल्पा : 'बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्‍याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरे', ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुन 'गर्व' साथ सुनाउँछन्।

पुन सदरमुकाम लिबाङ नजिकै बस्छन्। ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्को गर्दै छवटी श्रीमती भित्र्याएको बताए। पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोरीसँग भएको थियो। उनबाट दुई छोरी छन्।

यस्तै १७ वर्षीया किशोरीलाई उहाँले ३० वर्षको उमेरमा दोस्रो श्रीमतीका रुपमा भित्र्याए। उनीबाट सन्तान भएनन्। त्यसपछि उनले एकपछि अर्को गर्दै केही वर्षको फरकमा २०/२२ वर्षको उमेरका किशोरीलाई भित्र्याउने क्रम जारी रह्यो।

हाल उनकी श्रीमती करीब २२ वर्षकी छन्। यसअघि भने उनले पाँचौँ श्रीमतीका रुपमा ५६ वर्षको उमेरमा ५४ वर्षीया विधवा महिलासँग प्रेम विवाह गरेका थिए। उनबाट पनि छोरा नभएपछि करीब एक वर्ष पहिले २१ वर्षीया युवतीलाई श्रीमतीका रुपमा भित्र्याएको उनको भनाइ छ। 

यसरी छैटौँ श्रीमतीबाट उनको छोरा जन्माउने धोको पूरा भएको छ तर सुखी जीवन जीउने सपना भने साकार हुन सकेको छैन।

कारण हो- मदिरा सेवन गर्ने उनकी कान्छी श्रीमतीको लत।

कान्छी श्रीमती चौबिसै घण्टा मदिरा सेवन गरी बेहोस हुने गरेपछि उनलाई मानसिक तनाव बढ्दै आएको छ। श्रीमतीको मदिरासेवनको समस्यामा अर्को समस्या पनि थपिएकोछ- पुनले श्रीमतीलाई शारीरिक तथा मानसिक रुपमा यातना दिन थालेका छन्।

करीब चार महिनाको बच्चा धुरुधुरु रोइरहँदा पनि बच्चा सम्हाल्न नसक्ने गरी मदिरा सेवन गर्न थालेपछि यो परिवारलाई विक्षिप्त भएको छ।

‘दुई श्रीमतीको पोई, कुनाबसी रोई’ भने झैँ श्रीमतीले घर भरिँदा उनलाई शारीरिक तथा मानसिक रुपमा पीडा थपिएको त छ तर उनी यो स्वीकार्न तयार छैनन्।

एकमाथि अर्अको सौता हाल्दै गएपछि केहीवर्ष पहिले उनकी जेठी श्रीमतीले बहुविवाहको मुद्दा चलाइन्। जसका कारण उनले साढे एक वर्षको जेल जीवनसमेत बिताए। तर जेलबाट निस्किएर पुनः विवाह गरेको बताउने पुनले विवाह गर्नु र छोड्नुलाई सामान्य रुपमा लिएको बताउँछन्।

आफू ज्याला मजदूरी गरेर घर फर्कने बेला मदिरा सेवन गरेर श्रीमती एकतिर लड्नु र चार महिनाको बच्चा अर्कोतिर  रोइरहनुले आफूहरूलाई समेत हैरानी हुने गरेको छिमेकीहरूको गुनासो छ। यसरी विवाह गरेका अन्य श्रीमतीले छोडे पनि उनका तीनवटी श्रीमती भने उनकै संरक्षणमा फरक फरक स्थानमा बस्दै आएका छन्।

महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार छोरा वा छोरी जे जन्मे पनि दुवैको समान जिम्मेवारी रहने कुरा समाजले अझै नबुझेको बताउँछिन्। मनपरी विवाह गर्नु र छोड्नुले श्रीमान् श्रीमतीलाई मात्र नभएर उनका छोराछोरीलाई समेत नकारात्मक असर पार्ने र निर्दोष बालबालिकाको बिचल्ली हने उनको भनाई छ।

'कानुन विपरीत कार्य गर्ने महिला होस् वा पुरुष दुवै सजायको भागेदार हुनुपर्छ। अञ्जानमा सौतामाथि पर्नु दुःखद पक्ष भए पनि जानाजान सौतामाथि, त्यो पनि पाँचौँ छैटौँ श्रीमतीका रुपमा भित्रिनु बिलकुलै राम्रो होइन' उनी भन्छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.