भक्तपुुरका सबै स्थानीय तहमा आर्थिक गणक

भक्तपुुरका सबै स्थानीय तहमा  आर्थिक गणक

भक्तपुुर :  कार्यालयका प्रमुुख सुुरेन्द्र रावलले जिल्लाका चार नगरपालिकामा खटिएका गणकले वैशाख १ गतेदेखि काम थाल्ने बताए । उनका अनुुसार यसरी खटिएका गणकलाई तालिमसमेत दिइसकेको छ ।

‘गणकलाई तालिम दिएर कार्यादेशसहित सम्बन्धित कार्यक्षेत्रमा खटाइसकेका छौं’, प्रमुुख रावलले भने, ‘उहाँहरूले वैशाख १ गतेदेखि आर्थिक गणना संकलन गर्नुुहुुनेछ ।’ यसरी खटिएका गणकले उद्योग, व्यवसाय तथा पसलको लागत मूल्य, औसत कमाइ तथा कारोबारलगायत उल्लेख भएको चार पेज लामो प्रश्नावली बोकेका हुुनेछन् । सम्बन्धित उद्योगी व्यवसायीले दिएको जानकारीका आधारमा गणकले उक्त प्रश्नावली भर्ने उनी बताउँछन् ।

उनका अनुुसार भक्तपुुरमा चार नपामध्ये सबैभन्दा बढी २० जना गणक भक्तपुुर नगरमा खटिएका छन् । त्यस्तै मध्यपुुर थिमी नपामा १९, सूर्यविनायक नपामा १३ र चाँगुुनारायण नपामा नौजना गणक खटिएको उनले जानकारी दिए ।

‘प्रत्येक गणकले वैशाख १५ भित्र आफ्नो क्षेत्रभित्र सञ्चालित ठूला तथा साना एवं घरेलुु उद्योग व्यवसाय, पसलको सबै जानकारी लिइसक्नुुपर्नेछ’, प्रमुुख रावलले थपे, ‘त्यस्तै जेठ १५ भित्र छुुटेका उद्योग व्यवसायको गणना संकलन गरिसक्नुुपर्नेछ ।’

स्थायी रूपमा सञ्चालन हुुँदै आएको नाङ्लो पसलेसम्मको गणना गरिने उनले जानकारी दिए । आर्थिक गणना नहुुँदा देशको आर्थिक विकासमा कुुन उद्योग व्यवसायको के कति योगदान सोको स्पष्ट तथ्यांक छैन । सोही तथ्यांक प्राप्त गरी देशको आर्थिक नीति बनाउन आर्थिक गणना गर्न लागिएको सरकारको दाबी छ । तर आर्थिक गणना गर्ने क्रममा उद्योगी व्यवसायीले दिने जानकारी कत्तिको यथार्थ र साँचो हुुन्छ ? प्रश्न गर्ने प्रशस्त आधार छन् ।

आर्थिक गणना गरिँदा उद्योगी व्यवसायीले लेखा परीक्षण प्रतिवेदनअनुुसार मात्रै जानकारी दिए पनि पुुग्ने बताइएको छ तर कति उद्योगी व्यवसायीको लेखा परीक्षण नै यथार्थ हुुँदैन । उद्योग व्यवसायको वास्तविक कारोबारभन्दा सरकारलाई बुुझाउनुुपर्ने करलगायत छल्नमात्रै लेखा परीक्षण गरिने घटना नौलो होइन । त्यसैले उद्योगी व्यवसायीले दिने जानकारी नै गलत हुुनसक्ने औंल्याइएको छ ।

यस्तो स्थितिमा आर्थिक गणनाले देशको आर्थिक अवस्थाको सही तस्बिर बाहिर आउने कुुरामा उद्योगी व्यवसायी नै विश्वस्त हुुन सकेका छैनन् ।

‘आर्थिक गणनामा दिइएको जानकारी पूर्णतः गोप्य हुुन्छ र यो कर प्रयोजनका लागि पनि होइन’, भक्तपुुरका प्रमुुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने, ‘त्यसैले उद्योगी व्यवसायीले डराई डराई अपूर्ण र गलत जानकारी दिनुुपर्ने कुुनै कारण छैन ।’

भक्तपुुर उद्योग वाणिज्य संघले बुुधबार आयोजना गरेको नयाँ वर्ष २०७५ को शुुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा प्रजिअ पोखरेलले उद्योगी व्यवसायीलाई निर्धक्कसँग सही एवं यथार्थ आर्थिक जानकारी दिन आह्वान गरे ।

‘यसले देशको आर्थिक विकासमा टेवा पुु¥याउँछ’, उनले थपे, ‘यथार्थ आर्थिक तथ्यांक नहुुँदा देशले आर्थिक विकास गर्न सकेको छैन ।’

उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरिने

आर्थिक गणनाको कार्यालय भक्तपुुरका प्रमुुख रावलले गणनाको क्रममा सही एवं यथार्थ जानकारी दिन र पाउन जिल्लाका उद्योगी व्यवसायीसँग अन्तरक्रिया गरिने जानकारी दिए । ‘गणना लिने क्रममा कुुनै समस्या नआओस् र उद्योगी व्यवसायीलाई आफ्नो जानकारी दिन कुुनै संकोच नहोस् भनेर उहाँहरूसँग अन्तरक्रिया गर्छौं’, उनले भने, ‘यसले गणनामा उद्योगी व्यवसायीले आफ्नो उद्योग व्यवसायबारे सही र यथार्थ जानकारी दिने विश्वास गरेका छौं ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.