मेयर भन्छन् –अब खानी अलग्गै

मेयर भन्छन् –अब खानी अलग्गै

ललितपुर : गोदावरी नगरपालिका–६, टीकाभैरवका लक्ष्मण रानालाई गाउँमा चलिरहेको अवैध खानी तथा क्रसर उद्योगका कारण कतिबेला विस्थापित हुनुपर्ने हो भन्ने पिरलो छ। प्राकृतिक स्रोत दोहन गरेर चलिरहेका क्रसर उद्योगका कारण उनको गाउँ टीकाभैरव कुनै पनि बेला डुबानमा पर्ने त्रास छ उनलाई। भन्छन्, ‘खोलामा गाडी दौडिन थालेको छ, बर्खामा डुबिन्छ होला।’

रानाका अनुसार वडामा उपभोक्ता समितिअन्तर्गतको जंगल मासेर सञ्चालन गरिएको ढुंगाखानीका कारण गाउँमा पानीको स्रोत सुक्न थालिसकेको छ। राना भन्छ्न्, ‘६ नम्बर वडाका अध्यक्ष विष्णुमान महर्जन आफैं खानी सञ्चालन गर्छन्। मनकामना तथा सगरमाथा नाम गरेको उद्योग महर्जनले चलाइरहेका छन्।’

दुई दशकदेखि एउटै समस्या गाउँमा झेल्दै आएका कारण स्थानीयको धैर्यताले सीमा नाघिसकेको राना बताउँछन्। आक्रोशित हुँदै उनले भने, ‘राज्य मुकदर्शक छ, यी खानी सेटिङमा चलिरहेका छन्।’ खानीले प्रतिकूल वातावरणीय प्रभाव पार्दा टीकाभैरव र लेलेका बालबालिका तथा वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिँदै गएको छ। न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालित यस्ता उद्योगमा कुनै पनि निकायले अनुगमन नगरेकामा स्थानीय आक्रोशित छन्। उनीहरूको भनाइ छ, ‘हामीले बन्द गर भनेको होइन, व्यवस्थित गरेर चलाऊ भनेर बारम्बार भन्दै आइरहेका छौं।’

वडा नम्बर ६ कै राजेश विश्वकर्मा घरनजिकै सञ्चालित चुनढुंगा उद्योगको कारण हैरानी खेपिरहेका छन्। कुखुराको दानामा प्रयोग गरिने चुनढुंगा खानी सञ्चालन गर्दा निस्कने ध्वनि तथा वायु प्रदूषणको मात्रा एकदमै बढेको उनको भनाइ छ। भन्छन्, ‘स्थानीयको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको छ। सम्बन्धित निकायले पीडितको मर्म बुझेको छैन, अब हामी सबै सडकमा सुत्ने योजनामा छौं,’ विश्वकर्माले भने।

६, ७, ८ र ९ नम्बर वडामा सञ्चालित उद्योगको कारण जल र वायु प्रदूषण बढ्नुका साथै उब्जनीमा समेत ह्रास आएको तथा पानीको मुहान सुकेको स्थानीयले बताए। खानी व्यवस्थापनको विषयमा गोदावरी नगरपालिकाको प्रमुख गजेन्द्र महर्जनले भने, ‘यस विषयमा नियमावली तथा कार्यविधि बनाइरहेको र विज्ञसँग बसेर छलफल गर्न थालेका छौं। ‘अबको एक महिनामा नियमावली बनिसक्छ।’

उनका अनुसार खानी क्षेत्र कहाँ बनाउने भनेर अध्ययन भइरहेको छ। अलग्गै ठाउँलाई खानीक्षेत्र घोषणा गर्ने, त्यस्ता ठाउँमा उद्योग सञ्चालनका लागि समय तोकिदिने तथा अहिले सञ्चालित खानीलाई एक÷ढेड वर्षको स्थानान्तरणको समय दिने महर्जनले बताए। उनका अनुसार अब उद्योगले मापदण्द पूरा गरेर मात्रै खानी सञ्चालन गर्न पाउनेछन्। 

महर्जनका अनुसार नगरपालिकामा दर्ता नभएका केही उद्योग खुले पनि थाहा पाउनेबित्तिकै अनुगमन गरिने गरेको बताए। उनले भने, ‘अवैध खानी सञ्चालनमा रोक लगाएको हो, यद्यपि प्रशासनले हेरेको छैन।’ ६ नम्बर वडा सदस्य गम्भीर राणाका अनुसार टीकाभैरव क्षेत्रमा दुई दर्जन गैरकानुनी क्रसर उद्योग सञ्चालित छन्।

संसद्को प्राकृतिक स्रोत–साधन समितिले नौ वर्षपहिले नै खानी सञ्चालनमा रोक लगाए पनि अझै अवैध खानी चलिरहेका छन्। सबै काम प्रहरीको सेटिङमा चलिरहेको छ। स्थानीय भन्छन्, ‘चलाउनै पर्ने भए व्यवस्थित गरेर सञ्चालन गर।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.