सुन तस्करीः आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य पक्राउ

सुन तस्करीः आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य पक्राउ

काठमाडौँः ३३ किलो सुन तस्करी प्रकरणमा काठमाडौँको न्यूरोडस्थित आरके ज्वेलर्सका मालिकलाई प्रहरीले पक्राउ गरेको छ । आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्यलाई विहीबार साँझ पक्राउ गरिएको हो । 

प्रहरीकै मिलेमतोमा ३३ किलो सुन लुटपाट भएको आशंकामा गृह मन्त्रालयद्वारा गठित छानविन समितिले विस्तृत अनुसन्धान थालेलगत्तै शाक्य पक्राउ परेका हुन् । 

 समितिले शाक्यसहित २१ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । यसअघि सुन तस्करीमा मुछिएका एक अभियुक्तले हिरासतमै आत्महत्या गरेका छन्  । त्रिभुवन विमानस्थलमा लोडरका रुपमा कार्यरत प्रेमलाल चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमै झुन्डिएर आत्महत्या गरेका हुन् । 

प्रहरीका अनुसार चौधरीले वृत्तको हिरासतमा रहेको शौचालयमा पासो लगाएर आत्महत्या गरेका थिए । उनीमाथि ३३ किलो सुन तस्करीमा मतियार भएको आरोप लगोको थियो । चौधरीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । 

गृह मन्त्रालयका अनुसार यसअघि पक्राउ पर्नेमा थाई एयरलाइन्सका ११ जना कर्मचारी, नेपाल एयरलाइन्सका तीन जना कर्मचारी र अन्य व्यवसायी पनि छन् । 

समितिले केही दिनअघि मात्रै मनाङ होटलका मालिक भुजुङ गुरुङलाई समेत नियन्त्रणमा लिएको थियो । त्यसैगरि व्यवसायीहरु बालकृष्ण श्रेष्ठ, कपिलराज पुरी, गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, सम्बिर प्रसाद तोलाङ्गे, हेमन्त गौतम, ‘तक्लु’ भन्ने पुण्यप्रसाद लामा, विरेन्द्रमान श्रेष्ठ, लाल बहादुर मगर, राजु महर्जन र भारतीय नागरिक महाविर गोल्यान पक्राउ परिसकेका छन् ।

मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिले विराटनगर र मोरङसम्म पुगेर घटनाको सम्पूर्ण विवरण लिएको छ । समितिकै सिफारिसका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई प्रहरी मुख्यालयले जिम्मेवारीबाट हटाइसकेको छ । सुन तस्करले सुन लुटेर घटना गुपचुप गराउन सुन बोक्ने भरिया सनम शाक्यको हत्यासमेत गरेको आरोप छ ।

महाशाखाले गत फागुन १९ गते काठमाडौं देखि मोरङमा प्रहरी पठाएर तीन जना पक्राउ पक्राउ गरेको थियो भने हत्या गरिएका शाक्यको शव स्कोरपियो गाडीबाट बरामद गरेको थियो । गत माघमा ३३ किलो पाँच सय ग्राम सुन काठमाडौंबाट लुटिएको थियो । प्रहरीका अनुसार लुटिएको सुन दुवईमा बसेर अवैध रुपमा सुनको कारोबार गर्ने गोरे भन्ने चुडामणी उप्रेतीको हो । उप्रेतिले नै आफैंले पठाएको सुन नाटकीय ढंगले लुटपाट गरेको आशंका प्रहरीको छ ।

समितिका संयोजक पौडेलका अनुसार छानविन विस्तृत रुपमा भइरहेको छ । उनले भने, ‘कार्यक्षेत्र भन्दा बाहिर गएर प्रहरीले किन अप्रेशन गयो, सुनका मुख्य नाईके किन पक्राउ गरिएन । सुन लुटपाटमा प्रहरीको संलग्नता छ वा छैन भन्नेबारे छानविन अगाडी बढको छ ।’ 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.