काठमाडौं ट्रेड युनियन कांग्रेसमा भुसाल

काठमाडौं ट्रेड युनियन कांग्रेसमा भुसाल

काठमाडौ‌ : नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् । युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित  भएका हुन्  ।

उनले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित भएको  निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिए ।  उपाध्यक्ष खुल्लामा ईश्वरकृष्ण घिमिरे, महिला उपाध्यक्ष तारादेवी केसी, सेवा उपाध्यक्ष धनप्रसाद पौडेल, उत्पादन उपाध्यक्ष उदयबहादुर लामा, उपाध्यक्ष अनौपचारिक योगेश केसी, सचिव विष्णुप्रसाद कोइराला, सहसचिव प्रह्लाद फुयाँल र राजनकुमार कार्की, कोषाध्यक्ष विमल तिमल्सेना र सहकोषाध्यक्षमा मोनिका तामाङ विजयी  भएका छन् । 

यसैगरी सदस्यमा उत्तम पौडेल, गणेश धिताल, गिरिराज अर्याल, धर्मसागर ढकाल, प्रभुदास न्यौपाने, गीता भट्टराई, नरमाया तिमल्सेना, सिर्जना अर्याल र याञ्जुदेवी दाहाल विजयी हुनुभएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए । झण्डै दुई हजार ४०० मतदाता रहेको ट्रेड युनियन काठमाडौँमा एक हजार ६८९ मत खसेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.